भवन जले पनि स्थानीयको सहयोग जुटेपछि सहज भएको प्रहरी वृत्त सातदोबाटोको सेवा 

प्रहरी नै भन्छन्,‘जीवनमा नै यहाँको जस्तो सहयोगी समुदाय अरु कतै देखेको थिइनँ’    

कार्तिक १८, २०८२

हेमन्त श्रेष्ठ, विवेक पोख्रेल

Despite the building being burned, the services of the Satdobato Police Circle have become easier after the help of locals.

काठमाडौँ — भदौ २३ गतेको जेन–जी आन्दोलनपछि भदौ २४ गते भएको प्रदर्शनमा प्रहरी वृत्त सातदोबाटोमा पनि आगो लगाइएको थियो । सेनाको ब्यारेकमा पुगेर सुरक्षित भएका प्रहरीहरू भोलिपल्ट फर्कंदा वृत्तमा पहिले नै स्थानीयको भिड देखिन्थो । 

कोही स्थानीय कुचो बोकेर सफाइमा जुटिरहेका थिए, कोही जलेका सामान एकत्रित गर्दै थिए । ‘प्रहरीलाई के खुवाउने होला?, जलेका कपडा र आवासको व्यवस्थापन कसरी गर्ने होला?,’  भन्ने छलफल समुदायमै चलिरहेको थियो । त्रास, चिन्ता र आत्मविश्वाससहित पुनः कार्यालय फर्किएका प्रहरी यो दृश्य हेरे भावुक बने ।

Despite the building being burned, the services of the Satdobato Police Circle have become easier after the help of locals.‘आफैं मर्ने स्थिति भएपछि हामी हातहतियार, मुद्दासम्बन्धी केही फाइल र कम्प्युटर लिएर सुरक्षित स्थानतर्फ गएका थियौं,’ एक प्रहरीले सम्झिँदै भने,‘भोलिपल्ट फर्किंदा हामी प्रहरीभन्दा पहिले नै स्थानीय सरसफाइमा जुटेको देख्दा हामी निकै भावुक भयौं।’ 

प्रहरी वृत्त सातदोबाटो क्षतिग्रस्त भएपछि पुनः पुरानै अवस्थामा समुदायको सक्रियतामा फर्किएको पहिलो प्रहरी कार्यालयसमेत भएको प्रहरी बताउँछन् । पछि यहाँको सिको अन्य स्थानीयले पनि गरे ।   यद्यपि यसमातहतको प्रहरी प्रभाग इमाडोल भने अझै जोखिमपूर्ण अवस्थामा सञ्चालनमा छ। त्यहाँका प्रहरीहरू झ्यालढोका नभएको जीर्ण भवनबाट सेवा दिइरहेका छन्। ट्वाइलेटसमेत प्लास्टिकको बार लगाएर प्रयोगमा ल्याइएको छ ।

Despite the building being burned, the services of the Satdobato Police Circle have become easier after the help of locals.भदौ २४ गते बिहानैदेखि यस वृत्तका प्रहरीहरू विभिन्न ठाउँमा ड्युटीमा खटिएका थिए । कोही पुष्पकमल दाहाल निवासमा, कोही नेपाली कांग्रेसको पार्टी कार्यालय वरिपरि र कोही बालकुमारी क्षेत्रमा सुरक्षामा । बिहानका समयमा सातदोबाटोमा खटिएका प्रहरीले आफ्नो कार्यलयमा तोडफोड गर्ने करिब १० वटा समूहलाई सम्झाइबुझाइ पठाएपछि कार्यालय तत्कालका लागि जोगिएको थियो । वृत्त जोगाउन स्थानीयले पनि साथ दिएका थिए ।

तर, दिउँसो ३ बजेतिर स्थानीयले समेत नचिनेका बाहिरका व्यक्तिहरू आएर आक्रमण सुरु गरे । पहिले नजिकैको सातदोबाटो ट्राफिक प्रहरी कार्यालयमा आगो लगाएको समूहले सातदोबाटो वृत्तमा ढुंगामुढा र आगजनी सुरु गरेको हो । हजारौंको भीडमा रहेका प्रर्दशनकारीलाई प्रहरीले र स्थानीयले सम्झाउन सक्ने अवस्था रहेन ।

नियन्त्रणका लागि लाठीचार्ज, अश्रुग्यास र हवाई फायर गरिए पनि अवस्था काबुमा आएन । अन्ततः प्रहरीले आत्मरक्षाका लागि हातहतियार सुरक्षित राखी कार्यालयको गाडी लगेर नजिकैको सेनाको ब्यारेकमा आश्रय लियो । उनीहरू प्रहरी परिसर ललितपुर जान खोजे पनि प्रदर्शनकारीको भिडले पुग्ने अवस्था नभएपछि सेनाको ब्यारेकमा गएका थिए ।

‘आगो लागिसकेको थियो, दमकल आउन सक्ने अवस्था पनि थिएन,’ एक प्रहरीले सम्झिएँ, ‘फोर्स थपिने सम्भावना नभएपछि हामी हातहतियार र अति आवश्यक कागजपत्र र प्रविधि उपकरण लिएर बाहिर निस्क्यौं।’

Despite the building being burned, the services of the Satdobato Police Circle have become easier after the help of locals.पार्किङमा रहेका सवारीसाधन र मेसका सामग्री भने प्रहरीले जोगाउन सकेन । आक्रमणको क्रममा प्रहरीका निजी दर्जनबढी मोटरसाइकलसहित मेसका सामग्री र व्यक्तिगत सामानहरू पनि जले । प्रहरीका अनुसार प्रदर्शनकारीहरूले कार्यालयमा आगजनीसँगै लुटपाटसमेत गरेका थिए। प्रहरीले त्यतिबेला हिरासतमा रहेका ४४ जना थुनुवालाई पनि आगो लाग्न थालेपछि लिस्टिङ गरेर छाडेको थियो । 

आगोपछि शून्य बनेको प्रहरी वृत्त स्थानीय समुदायको साथले पुरानै लयमा पुग्दै छ । तत्कालीन अवस्थामा वृत्तमा कार्यरत सबै प्रहरीका लागि स्थानीयहरूले ९६ सेट सिरक–डसना, साबुन, ब्रस लगायत दैनिक उपभोग्य सामग्री उपलब्ध गराए। समुदायकै पहलमा कार्यालयको रङरोगन, प्लम्बिङ र विद्युत् लाइन मर्मत सकिएको छ।

Despite the building being burned, the services of the Satdobato Police Circle have become easier after the help of locals.कम्प्युटर जडानसहित अहिले वृत्तबाट नियमित सेवा सुरु भएको प्रहरी वृत्त सातदोबाटो ललितपुरकी प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमाकुमारी चन्दले जानकारी दिइन्।उनका अनुसार जलेर काम नलाग्ने टेबल, दराज, कुर्सीलगायतको पुनर्निर्माणसमेत स्थानीयकै सहयोगमा गरिएको हो ।

सुरुवाती दुई दिन वर्षाका कारण बसाइ असहज भए पनि अहिले ब्यारेकदेखि मेससम्म सबै गतिविधि पुरानै अवस्थामा फर्किएको छ।  २१ वर्षीयदेखि प्रहरी सेवामा रहेका एक इन्स्पेक्टरले भने, ' मैले जीवनमा नै यहाँको जस्तो सहयोगी समुदाय अरू कतै देखेको थिइनँ ।'    

Despite the building being burned, the services of the Satdobato Police Circle have become easier after the help of locals.

Despite the building being burned, the services of the Satdobato Police Circle have become easier after the help of locals.

Despite the building being burned, the services of the Satdobato Police Circle have become easier after the help of locals.

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully