साँघुरो कोठाको भुइँमै सुतेर पनि जनसेवामा खटिरहेका छन् बानेश्वर वृत्तका प्रहरी 

अहिले सेवा दिइरहेको अस्थायी कार्यालयमा शौचालयजस्तो आधारभूत सुविधा पनि सहज छैन । प्रहरीहरू बिहान–बेलुकाको खानाका लागि पुरानै भवनमा पुग्छन्। त्यहीँ शौचालय प्रयोग गर्छन् र नुहाउने–धुने काम पनि त्यही भवनमै गर्छन्।

कार्तिक १७, २०८२

हेमन्त श्रेष्ठ, विवेक पोख्रेल

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.

काठमाडौँ — तीनकुनेनजिकै बागमती खोला किनारमा एउटा जलेको खण्डहर भवन छ । सोही भवनको माथिल्लो भागमा अहिले पनि नीलो बोर्डमा सेता अक्षरमा लेखिएको देखिन्छ ‘प्रहरी वृत्त नयाँ बानेश्वर’ ।

जलेर कालो बनेको भवनमा झ्याल–ढोका छैनन्, गन्ध अझै उस्तै छ । यो सडक हुँदै यात्रा गर्नेले सहजै अनुभुति गर्छ । जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीले आगो लगाउँदा यो भवन पूर्ण रूपमा जलेको थियो । अहिले भने बानेश्वरस्थित पुरानो नागरिक लगानी कोषको भवनबाट कठिन परिस्थितिमा वृत्तले सेवा दिइरहेको छ । यद्यपि, प्रहरी जनशक्ति र सेवाग्राही दुवैका लागि त्यहाँको ठाउँ निकै साँघुरो छ। 

‘भवन जलेपछि पनि पुरानै लयमा सेवा दिन हाम्रो प्रयास जारी छ,’ कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले भने,‘तर सानो ठाउँ भएका कारणले व्यवस्थित रूपमा सेवा दिन भने कठिन भइरहेको छ । भिडभाडका कारण पहिलेको जस्तो प्रणाली बसाउन सकेका छैनौं । सेवाग्राही बस्ने ठाउँ पनि गतिलो छैन, तथापि समस्या अनुसार सेवा निरन्तर दिइरहेका छौं।’

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.खतिवडाका अनुसार टेन्टभित्र टेबल राखेर भए पनि जबर्जस्ती करणी, लुटपाट र मानिस हराएकोजस्ता घटनामा तत्काल प्राथमिकता दिइरहेको छ । ‘मुद्दा शाखा, प्रवर्द्धन शाखा, विशेष शाखालगायतका विभिन्न शाखाका लागि करिब १० कोठा थिए । जहाँबाट जनसेवा दिने गरिन्थ्यो,’ उनले भने, ‘तर अहिले दुई–तीन कोठा र पालमार्फत सेवा दिन बाध्य छौं।’

हाल वृत्तमा १२३ जना प्रहरी कार्यरत छन् । आगलागीको दिन ब्यारेकसागै उनीहरूको पोसाक र व्यक्तिगत सामान पनि जलेको थियो । अहिले उनीहरू खाटबिनै साँघुरो कोठाको भुइँमै सुतेर पनि ‘कर्तव्य रोकिनु हुँदैन’ भन्ने भावनाले जनसेवामा खटिरहेका छन्।

प्रहरीले जलेको भवनमा स्थानीयको सहयोगमा मर्मत कार्य सुरु पनि गरेको छ ।  सीसीटीभी जडान भएपछि सम्पर्क कार्यालयको रूपमा सेवा पुनः प्रारम्भ गरिएको छ ।

त्यो दिन प्रहरीहरूले यो भवन बचाउन निकै प्रयास गरेका थिए । प्रहरी निरीक्षक पुष्पराज थापाका अनुसार वृत्त सडकबाट तल भएकाले पनि प्रदर्शनकारीले ढुंगामुढा गर्न सजिलो हुँदा बचाउन असहज भयो । ‘हामीले आत्मरक्षाका लागि अश्रुग्यास प्रहार गर्दा उल्टै उनीहरूले हामीमाथि नै फ्याँक्थे। खाल्टोमा कार्यलय भएकाले सुरक्षा गर्न पनि कठिन भयो,’ थापाले भने,‘हजारौंको भिडमा रहेका प्रर्दशनकारीलाई सम्झाउने र बुझाउने प्रयास गरे पनि भीड नियन्त्रणबाहिर गयो । हाम्रो केही लागेन ।’

‘प्रदर्शनकारीले लुटेका हतियारबाट हामीमाथि ग्यासगन र ढुंगामुढा चलाएपछि हामी नजिकैको भिएस भवन हुादै कार्यलय भाट निस्कने प्रयास गयौं,’ उनले त्यो दिन सम्झिदैँ भने, ‘तर प्रदर्शनकारीले त्यही भवनमा कपडा खोल्न लगाएर खोलातिर लगे। भागेर बाँच्न सफल भयौं। त्यसपछि तीन दिनसम्म त एक–आपसमा सम्पर्कसमेत हुन सकेन।’

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.त्यो घटनामा घाइते भएकामध्ये १५ जना प्रहरी अहिले पनि घरमा आरामागरिरहेका छन् । कोही सामान्य उपचारपछि सेवामा नै फर्किएका छन् । ‘भवन जलेपछि शौचालयसम्मको समस्या भएको छ । महिला प्रहरीका लागि त अझ कठिन छ । नुहाउने मात्रै होइन, दिउँसो शौचालय जान पनि समस्या हुन्छ,’ प्रहरी हवल्दार आशा चौधरी भन्छिन्,‘पहिले घरबाटै प्रहरी पोसाक लगाएर आउने चलन थियो, अहिले डर लाग्छ। सामान्य कपडा परिवर्तन गर्ने कोठा बनेको केही दिन मात्रै भयो । समस्या धेरै छन्, के–के भनौं...।’

भवन जलेको दिन उनी वृत्तको मुख्य गेटमा ड्युटीमा थिइन्। घटना सम्झना आज पनि उनलाई सिरिङ्ग हुन्छ ।  प्रहरी कार्यालयमाथि निरन्तर आक्रमण भएपछि उनी श्रीमान्लाई बोलाएर सिभिल पोसाकमा घर फर्केकी थिइन्।

हाल ब्यारेकमा बस्ने सबैले पुरानै भवनको शौचालय प्रयोग गर्छन्। सफाइपछि त्यही भवनमा खाना पकाउने र खाने व्यवस्था गरिएको छ। सीमित स्रोत र साधनमा पनि प्रहरीले सेवा निरन्तर राखेको छ। प्रर्दशनको क्रममा यो वृत्तको कम्प्युटरसहित प्रहरीका चार गाडी र मोटरसाइकल पनि जलेका थिए। महत्त्वपूर्ण कागज पनि खरानी भयो । हातहतियार लुटिए । प्रदर्शनको दिन यहाँ १३ महिने बालिका बलात्कारको आरोपमा पक्राउ परेका थुनुवासहित ६० जनाभन्दा बढी भागे । 

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.यस वृत्तले काठमाडौं महानगरपालिकाका वडा नम्बर १०, ३१ र ३२ का साथे कागेश्वरी मनहरा नगरपालिकाका वडा नम्बर ७, ८ र ९ हेर्ने गर्दछ । काँडाघारी र कोटेश्वर प्रभाग पनि यही वृत्तअन्तर्गत छन्। अन्य प्रभागहरू विस्तारै सामान्य अवस्थामा फर्किंदै गर्दा बानेश्वर वृत्त कहिले पुरानै लयमा फर्किन्छ, भन्ने प्रश्नको उत्तर कोहीसँग छैन । तर स्थानीय बासिन्दा भने समिति नै बनाएर प्रहरी कार्यालय पुरानै अवस्थामा फर्काउन लागिपरेका छन् ।

प्राविधिकको सुझावअनुसार माथिल्लो तल्ला भत्काएर प्रबलीकरण पछि बस्न सकिन्छ । अहिले सो काम अघि बढिरहेको छ । प्रहरी नै बस्न असहज भएको अवस्थामा यहाँ थुनुवा कक्ष भने अहिले छैन ।  पक्राउ परेकालाई कोटेश्वर र काठमाडौं प्रहरी परिसरमा राख्ने गरिएको छ।  

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.

Police officers from Baneshwor Circle are working in public service even while sleeping on the floor of a cramped room.

हेमन्त श्रेष्ठ कान्तिपुरका फोटोपत्रकार हुन् ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully