निर्माण र विस्तार गर्न नसकेपछि पार्टी कतै लगेर बुझाउने चाहना अध्यक्षमा देखिन्छ : झलनाथ खनाल

अध्यक्ष नेपाल कांग्रेसको समेत पूरै प्यादा भएर हिडेको भन्दै भने, खनालले अध्यक्षले पार्टीलाई माओवादीमा विसर्जन गर्न खोजेको बताए ।

कार्तिक १३, २०८२

कान्तिपुर संवाददाता

The chairman seems to want to take the party somewhere else after failing to build and expand it: Jhalanath Khanal

काठमाडौँ — एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले माओवादीसँग एकता गरेर अध्यक्ष माधव कुमार नेपालले पार्टीलाइ विसर्जनतिर लगेको आरोप लगाएका छन् ।

कान्तिपुरसँग कुरा गर्दै उनले अध्यक्ष नेपाल कांग्रेसको समेत पूरै प्यादा भएर हिडेको भन्दै भने, 'अध्यक्षले पार्टीलाई माओवादीमा विसर्जन गर्न खोज्दै हुनुहुन्छ । पार्टीलाई पनि त्यसरी हिँडाउनु भयो । अनि अब अहिले आएर चाहिँ विसर्जनतर्फ जान खोज्दै हुनुहुन्छ । पार्टीलाई लगेर माओवादीमा विसर्जन गर्ने, पार्टी विभाजन गर्नेतिर माधव नेपाल हुनुहुन्छ ।

एकताको विपक्षमा उभिएका खनालले माओवादीसँग एकतामा नगइ अलग्गै पार्टी बनाउने संकेत समेत गरेका छन् । उनले माओवादीसँग मिलेर न एमालेबाट विद्राह गर्नुको औचित्य पुष्टि हुने न पार्टीको अस्तित्व हुने बताउँदै भने, 'त्यो केवल नेताको सुरक्षासँग जोडिएको छ ।'

खनालले पार्टी अध्यक्षमाथी मुद्दा लागेपछि नेपालले पार्टी सञ्चालन, पार्टी निर्माण र पार्टी विस्तार केही गर्न नसकेको आरोप लगाउँदै भने, 'पार्टी बनाउन नसकिने स्थिति महसुस गरेपछि लगेर कतै बुझाउने उहाँको चाहना देखिन्छ ।'

खनालसँगको कुराकानी :

कान्तिपुर संवाददाता

Link copied successfully