सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना

हेलिकप्टरका पाइलट सकुशल

कार्तिक १२, २०८२

सुरज कुँवर, भानुभक्त निरौला

Altitude Air helicopter crashes in Lobuche, Solukhumbu

सोलुखुम्बु, काठमाडौं — सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लोबुचे हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर बुधबार बिहान हेलिकप्टर दुर्घटनामा परेको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

हेलिकप्टरमा पाइलटबाहेक यात्रु भने नरहेको प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए । हेलिकप्टरका पाइलट विवेक खड्का भने सकुशल रहेको उनले बताए ।

लुक्ला विमानस्थलका अनुसार बिहान ८:१५ बजे अल्फा माइक सेरा कलसाइन भएको हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएको हो । उक्त हेलिकोप्टर बिहान ७:४३ मा लुक्लाबाट उद्धार उडानका लागि लोबुचेतर्फ उडेको थियो । हेलिकप्टर चिप्लिएका बेला पर्यटकहरूले 'ला ! हेलिकप्टर दुर्घटना भयो' भन्दै कराएको भिडियोहरू सामाजिक सञ्जालमा समेत पोस्ट भएका छन् । 

अल्टिच्युड एयरका कार्यकारी अध्यक्ष निमा नुरु शेर्पाले पनि क्याप्टेन खड्कालाई खासै केही नभएको जानकारी आएको बताए । क्याप्टेन खड्कालाई लिन लुक्लाबाट कैलाश एयरको हेलिकोप्टर जाँदै छ ।  

सुरज कुँवर कुँवर विगत २२ वर्ष देखि कान्तिपुर दैनिकमा आवद्ध छन् । उनी उड्डयन, पर्यटन र सामाजिक विषयमा समाचार लेख्छन्।

भानुभक्त निरौला

Link copied successfully