ओलीसहितलाई जाँचबुझ आयोगले यात्रामा लगाएको रोकविरुद्ध सर्वोच्चमा रिट

दर्ता हुने वा नहुनेबारे अध्ययनपछि मात्र निर्णय हुने सर्वोच्चको मुद्दा महाशाखाले जनाएको छ ।

कार्तिक ११, २०८२

कान्तिपुर संवाददाता

Writ filed in Supreme Court against travel ban imposed by Commission of Inquiry on Oli and others

काठमाडौँ — गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई यात्रामा रोक लगाउनेदेखि पासपोर्ट रोक्कासम्म गर्ने निर्णय गैरकानुनी भएको जिकिर गर्दै सर्वोच्चमा रिट पेस भएको छ ।

अधिवक्ता प्रेम सिलवालले रिट पेस गरेका हुन् । उनले जेन-जी आन्दोलनको छानबिनको अधिकार पाएको आयोगले कुनै पनि कानुनी आधार नलिई पूर्वप्रधानमन्त्री सहितलाई एक स्थानबाट अर्को स्थानमा जानसमेत रोक लगाउने कार्य असंवैधानिक भएको दाबी गरिएको छ । सर्वोच्चमा पेस भएको यो दोस्रो रिट हो । यसअघि पनि एक थान पेस भई दर्तासमेत भएको थियो ।

दर्ता हुने वा नहुनेबारे अध्ययनपछि मात्र निर्णय हुने सर्वोच्चको मुद्दा महाशाखाले जनाएको छ । आयोगले २३ भदौको आन्दोलन दमन गर्न भूमिका खेलेको भन्दै छानबिनका लागि यात्रा गर्नुअघि अनुमति लिनुपर्ने भनेको थियो । यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखकको पनि पासपोर्ट रोक्का गरिएको छ । तत्कालीन गृहसचिव रहेका गोकर्णमणी दवाडीको हकमा भने यसअघि नै खुल्ला गरेको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully