दल दर्ताका लागि प्रवक्ता खड्कबहादुर विश्वकर्माको सहितको टोली आयोग पुगेको छ ।
काठमाडौँ — नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल (नेकपा) दल दर्ताका लागि निवेदन लिएर निर्वाचन आयोग पुगेको छ ।
प्रवक्ता खड्कबहादुर विश्वकर्मासहितको टोली आयोग पुगेको हो । उनीहरुले दर्ताका लागि पार्टीको नाम कम्युनिष्ट पार्टी नेपाल राखेका छन् ।
यही नाममा अरु कुनै पार्टी दर्ता भएको खन्डमा कोष्ठमा केही शब्द थपिने सम्भावना रहेको पार्टीका एक नेताले बताए । उनले चुनाव चिन्ह लालीगुँरास पाउनुपर्ने र यो नपाए अरु विकल्पमा जाने कुरा भइरहेको पनि बताए ।
सम्बन्धित समाचार
माओवादी अध्यक्ष दाहाल र विप्लवबीच भेटवार्ता, पार्टी एकताका विषयमा छलफल
