माओवादी अध्यक्ष दाहाल र विप्लवबीच भेटवार्ता, पार्टी एकताका विषयमा छलफल

सोमबार बिहान दाहाल भेटघाटका लागि हात्तीवनस्थित विप्लवको सम्पर्क कार्यालयमा पुगेका थिए।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Meeting between Maoist Chairman Dahal and Biplav, discussion on party unity

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ।

सोमबार बिहान दाहाल भेटघाटका लागि हात्तीवनस्थित विप्लवको सम्पर्क कार्यालयमा पुगेका थिए। दाहालको सचिवालयका अनुसार भेटमा दुई पार्टीबीच एकता लगायतका विषयमा कुराकानी भएको थियो।

माओवादी केन्द्रले विप्लव नेतृत्वको नेकपासँग एकताका लागि संवाद अघि बढाउने निर्णय गरिसकेको छ। 

कान्तिपुर

Link copied successfully