मुख्यमन्त्री सोनलले गरे पदभार ग्रहण

‘हेल्लो सिएम’लाई निरन्तरता दिने निर्णय

आश्विन ३०, २०८२

कमलेश ठाकुर

Chief Minister Sonal takes charge

काठमाडौँ — मधेश प्रदेशको मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) ले पदभार ग्रहण गरेका छन् । विहीबार सपथ ग्रहण गरे लगत्तै सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गरेर उनले पदभार ग्रहण गरे । 

सोनलले पदभार ग्रहण गर्दै ‘हेल्लो सिएम’ कार्यक्रमलाई निन्तरता दिने पहिलो निर्णय गरे ।  जनताको भावना/गुनासो र सुझावलाई कदर गर्दै काम गर्ने उनले बताए । उनले मन्त्रिपरिषद्ले पूर्णता पाएपछि अन्य महत्वपुर्ण निर्णय गरिने बताए । तीनै जनालाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले विहीबार १ बजे पद तथा गोपनियताको सपथ खुवाएका थिए ।

सपथ ग्रहण लगत्तै मुख्यमन्त्रीनवनियुक्त मन्त्रीद्वय महेश प्रसाद यादव र कनिश पटेल मधेश आन्दोलनका सहिदहरुलाई श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित सहिदद्वार पुगेका थिए । 

कमलेश कमलेश कान्तिपुरका धनुषा संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully