गुन्डुमा बसेको एमाले पदाधिकारीहरुको बैठकमा सरकारले शान्ती भन्दा हिंसाको बाटो लिएको बिषयमा कुरा भएको थियो ।
What you should know
काठमाडौँ — एमालेले सरकारले दलहरुलाइ विश्वासमा लिनेभन्दा निषेधको बाटोमा अघि बढेको आरोप लगाएको छ । भक्तपुरको गुन्डुमा बसेको एमाले पदाधिकारीहरुको बैठकमा सरकारले शान्ती भन्दा हिंसाको बाटो लिएको बिषयमा कुरा भएको थियो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकारले चालेको कदममा आफुहरुले आपत्ती जनाएको बताए । उनले भने, 'राष्ट्रपतिले दिएको म्यान्डेड भन्दा सरकार अर्कै बाटोमा गएको छ । निर्वाचन नहुने र भएमा पनि निष्पक्ष हुनेमा शंका छ ।'
आज बसेको एमाले केन्द्रीय सचिवालयको बैठक भोली पनि बस्ने भएको छ । जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमालेले बैठक बोलाएको थियो ।
अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा संसद् पुनस्थापनाको पक्षमा लोकतान्त्रिक दलहरू एक हुनुपर्ने बताउँदै सुशिला कार्की नेतृत्वको सरकार स्विकार्न नसिकिने बताएका छन् ।
आजै शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलिय बैठकमा एमालेका तर्फबाट ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी भएका थिए । भोली ११ बजे बस्ने भनिएको बैठकमा आझ राष्ट्रपति कार्यलयमा भएको कुराकानीका बिषयमा समेत थप छलफल हुने बताइएको छ ।
