एमाले सचिवालय बैठक भोलि पनि बस्ने

गुन्डुमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठक भोलि पनि बस्ने भएको छ ।

आश्विन २४, २०८२

कान्तिपुर संवाददाता

UML secretariat meeting will be held tomorrow

काठमाडौँ — भक्तपुरको गुन्डुमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठक भोली पनि बस्ने भएको छ । जेन-जी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न एमालेले बैठक बोलाएको हो । आजको बैठकमा फागुन २१ मा घोषणा भएको निर्वाचन भाग लिने/नलिने भन्ने विषयमा छलफल भएको थियो । 

अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा संसद् पुनस्थापनाको पक्षमा लोकतान्त्रिक दलहरू एक हुनुपर्ने बताउँदै सुशिला कार्की नेतृत्वको सरकार स्विकार्न नसिकिने बताएका छन् । 

आजै शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलिय बैठकमा एमालेका तर्फबाट ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल सहभागी भएका थिए । भोली ११ बजे बस्ने भनिएको बैठकमा आझ राष्ट्रपति कार्यलयमा भएको कुराकानीका बिषयमा समेत थप छलफल हुने बताइएको छ । 

कान्तिपुर

Link copied successfully