उनीविरुद्ध एक महिलाले चरित्र हत्या गरेको भन्दै जाहेरी दिएकी थिइन् ।
काठमाडौँ — एमाले नेता महेश बस्नेत प्रहरीको साइबर ब्युरोमा बयान दिएर निस्किएका छन् । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको काम गरेको भन्दै परेको उजुरीमाथि बयान दिएर उनी निस्किएको साइबर ब्युरोका एक अधिकृतले बताए ।
उनीविरुद्ध एक महिलाले चरित्र हत्या गरेको भन्दै जाहेरी दिएकी थिइन् । तर, सुरुमा प्रहरीले जाहेरी लिन मानेको थिएन । त्यसविरुद्ध उनी सरकारी वकिलको कार्यालयमा गएकी थिइन् । कार्यालयले जाहेरी प्रहरीलाई पठाइदिएपछि उनलाई सोधपुछका लागि बोलाइएको थियो ।
‘१० बजे नै उहाँ आउनुभयो, त्यसपछि बयान गराएर छाडेका छौं,’ ती अधिकृतले भने । बस्नेत नेकपा एमालेका पोलिटब्युरो सदस्यसमेत हुन् ।
