साइबर ब्युरोले लिन थाल्यो महेश बस्नेतको बयान

पहिले प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Cyber ​​Bureau started taking statement of Mahesh Basnet

काठमाडौँ — प्रहरीको साइबर ब्युरोले एमाले नेता महेश बस्नेतसँग बयान लिइरहेको छ । एक महिलाले दिएको जाहेरीका आधारमा उनीसँग बयान लिइएको प्रहरी स्रोतले कान्तिपुरलाई बताएको छ ।

पहिले प्रहरीले जाहेरी रीतपूर्वक नआएको भन्दै लिन मानेको थिएन । तर सरकारी वकिलको कार्यालयले अनुसन्धान गर्न पठाएपछि अनुसन्धान प्रक्रिया अघि बढेको हो ।

प्रहरी स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले बोलाएपछि बस्नेत बुधबार बिहान १० बजे नै भोटाहिटीस्थित ब्युरोमा पुगेका थिए ।

कान्तिपुर

Link copied successfully