भाटभटेनी लुटपाटमा संलग्न शिक्षकलाई कालिका मानवज्ञानले हटायो

विद्यालयको आचरण संहिता तथा नियमविपरीत काम गरेकाले शिक्षक शुक्लालाई आजैदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको प्रधानाध्यापक दिनेश थापाले जनाएका छन् । 

भाद्र २८, २०८२

बुटवल — जेन-जी प्रदर्शनका क्रममा भाटभटेनी सुपर मार्केटमा लुटपाटमा संलग्न भएको भन्दै एक विद्यालयले शिक्षकलाई हटाएको छ । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले सुख्खानगरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा संलग्न भएको भन्दै शिक्षक शिवशंकर शुक्लालाई हटाएको हो । 

भदौ २४ गते जेन-जीहहरूको प्रदर्शनका क्रममा शिक्षक शुक्ला भाटभटेनीमा भएको अनियमिततामा संलग्न देखिएको विद्यालयले जनाएको छ । विद्यालयको आचरण संहिता तथा नियमविपरीत काम गरेकाले शिक्षक शुक्लालाई आजैदेखि लागू हुने गरी विद्यालयबाट हटाइएको प्रधानाध्यापक दिनेश थापाले जनाएका छन् । 

Link copied successfully