शनिबार बसेको नगर कार्यपालिका बैठकले पूर्ण रूपमा बन्द विद्यालय असोज १ देखि खोल्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए ।
कास्की —
जेन–जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण बन्द पोखराका विद्यालयमा असोज १ देखि नियमित पठनपाठन हुने भएको छ ।
शनिबार बसेको नगर कार्यपालिका बैठकले पूर्ण रुपमा बन्द विद्यालय असोज १ देखि खोल्ने निर्णय गरेको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले बताए ।
पोखरामा १ सय ९८ सामुदायिक र १ सय ७५ संस्थागत विद्यालय छन् ।
