जेन–जीको प्रस्ताव, बालेनको समर्थन : पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार बन्ने सम्भावना

संसद् रहेका बेला नागरिक सरकार बन्ने संवैधानिक व्यवस्था नभएको, संसद् विघटन गर्ने प्रक्रिया नरहेकाले सबै दलका सांसदलाई राजीनामा गराएर बाधा अडकाउ फुकाउने विकल्पमा छलफल

भाद्र २६, २०८२

कुलचन्द्र न्यौपाने, सजना बराल, मातृका दाहाल

काठमाडौँ — जेन–जी विद्रोहले ल्याएको परिवर्तनलाई संस्थागत गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन हुने सम्भावना बढेको छ । सेनाको अग्रसरतामा बुधबार भएको छलफलमा जेन–जी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनाउने प्रस्ताव अघि सारेका हुन् । 

जेन–जीले विश्वास गरेका नेता बालेन्द्र शाहले पनि समर्थन गरेकाले कार्कीको नेतृत्वमा सरकार बन्ने पक्काजस्तै भएको हो । नाम तय गर्नुअघि जेन–जी समूहले ‘भर्चुअल’ मतदान गराएको थियो । त्यसमा ५० प्रतिशत मत कार्कीका पक्षमा परेको थियो । ‘भर्चुअल’ छलफलमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन), विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलगायत नाममा पनि छलफल भएको थियो ।


कुलचन्द्र न्यौपाने

सजना बराल बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully