अब संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने भएका छन्।
काठमाडौँ — सर्वोच्च अदालतको संवैधानिक इजलास गठन सम्बन्धमा देखिएको विवाद सुल्झिएको छ। अब संवैधानिक इजलासका लागि प्रधानन्यायाधीशले नै न्यायाधीश छान्ने भएका छन्।
यसअघि वरिष्ठताका आधारमा न्यायाधीशहरू तोकिने गरेका थिए। तर संवैधानिक आयोगहरूमा नियुक्तसम्बन्धी मुद्दामा प्रधानन्यायाधीशको मतभन्दा अलग फैसला हुने स्थिति भएपछि न्यायाधीश छनोट प्रक्रियामा प्रश्न उठेको थियो।
त्यसपछि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले संवैधानिक इजलासमा गोलाबाट न्यायाधीशहरू तोकिने प्रस्ताव अघि सारेका थिए। तर उनको प्रस्तावमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल लगायतले असहमति जनाएपछि संवैधानिक इजलास सञ्चालनमा अवरोध खडा भएको थियो।
अब प्रधानन्यायाधीश राउत आफैँले संवैधानिक इजलास गठनका लागि अरू चार जना न्यायाधीश छनोट गर्ने भएका छन्। प्रधानन्यायाधिश राउतले अब कुनै विवाद नरहेको र संवैधानिक इजलास नियमित रुपमा सञ्चालन हुने बताए।
सम्बन्धित समाचार :
