राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेको उम्मेदवारी दर्ता

सत्ता गठबन्धनको भागबन्डा भएका कारण प्रमुख प्रतिपक्ष माओवादीले उम्मेदवारी नदिने निर्णय गरेको छ ।

भाद्र १०, २०८२

कान्तिपुर संवाददाता

Registration of the candidacy of Neupane for the Chairman of the State Arrangements Committee

काठमाडौँ — कांग्रेस सांसद ईश्वरी न्यौपानेले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिका लागि मनोनयन दर्ता गराएकी छिन् । मंगलबार दिउँसो न्यौपानेले संघीय संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएकी हुन् । 

न्यौपानेले केही बेरअघि राज्य व्यवस्था समितिको सभापति बन्नका लागि संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएकी थिइन् । उम्मेदवारी दर्ताका लागि न्यौपाने निवर्तमान सभापति रामहरि खतिवडा र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलगायत सांसदसँग संसद् सचिवालय पुगेकी थिइन् ।

मनोनयनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि समय तोकिएको छ । यद्यपि सत्ता गठबन्धनको भागबन्डा भएका कारण प्रमुख प्रतिपक्ष माओवादीले उम्मेदवारी नदिने निर्णय गरेको छ ।

Registration of the candidacy of Neupane for the Chairman of the State Arrangements Committeeअन्य सांसदले उम्मेदवारी दर्ता नगराए उनी सर्वसम्मत रूपमा सभापति चयन हुने छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समितिको रूपमा रहेको सुनुवाइ समितिमा भने अब नयाँ सभापति छान्नुपर्ने छ ।

यसअघि कुलिङ पिरियड विवादमा रामहरि खतिवडाले राजीनामा दिएका थिए । कांग्रेसको भागमा परेको दुवै समितिमा सभापति बनाउनपर्ने भएपछि बिहान पार्टी सभापति शेरबहादुर देउवाले बैठक राखेर न्यौपानेलाई अघि सारेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully