सुदूरपश्चिमका मन्त्री सुरेन्द्रबहादुर पाल जोडिएको बालक मृत्युको घटना के हो ? सात प्रश्नोत्तरमा बुझ्नुहोस्:

यो घटनाबारे सामाजिक सञ्जालमा अनेक तथ्य र मिथ्या जानकारी हुरीसरी फैलिएका छन् । यो घटना कहिले र कहाँ भएको हो ? के सार्वजनिक भएका सबै तथ्यहरु सत्य हुन् ? यो घटनामा कसरी 'ट्विस्ट' र 'टर्न' आए ?

भाद्र ८, २०८२

अर्जुन शाह, मोहन चन्द

What is the case of the death of a child linked to Surendra Bahadur Pal, Minister of the Far West? Find out in seven quizzes:

What you should know

धनगढी,बैतडी — बैतडीको डिलासैनी गाउँपालिका–३ गिरीबगडका १४ वर्षीय किरन कोलीको मृत्युबारे सामाजिक सञ्जालमा अनेक तथ्य र मिथ्या जानकारी हुरीसरी फैलिएको छ । उक्त घटना कहिले र कहाँ भएको हो ? के सार्वजनिक भएका सबै तथ्यहरु सत्य हुन् ? यो घटनामा कसरी 'ट्विस्ट' र 'टर्न' आए ? अनि यो घटनामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल किन र कसरी जोडिए ? हामीले सात प्रश्नोत्तरमा यसलाई बुझाउने कोसिस गरेका छौं ।

१‌‌. बालक मृत्युको घटना के हो ? 
१७ साउनको कुरा हो । बैतडीको डिलासैनी गाउँपालिका–३ गिरीबगडका १४ वर्षीय किरन कोली घरबाट ५ सय मिटर दूरीमा रहेको चमेलिया नदीमा साथीहरुसँग नुहाउन पुगेका थिए । नुहाएपछि उनीहरु नजिकै रहेको बालुवाको थुप्रोमा खेल्न थाले । त्यही बेला बालुवाको थुप्रोमाथि चढेका किरन त्यसमाथि रहेको बिजुलीको तारको सम्पर्कमा पुगे । मृतकका आफन्त देवेन्द्र कोलीका अनुसार किरनलाई स्थानीयले उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्‍याएका थिए । तर अस्पतालले मृत घोषणा गरिदियो । कान्तिपुरलाई प्राप्त पोष्टमार्टम रिपोर्टमा पनि मृत्युको कारण करेन्ट लागेर उल्लेख छ । 

What is the case of the death of a child linked to Surendra Bahadur Pal, Minister of the Far West? Find out in seven quizzes:

२. यो घटना कहिले र कसरी सामाजिक सञ्जालमा फैलियो ? 
यो घटना १९ दिनपछि सामाजिक सञ्जालबाट फरक तथ्यसहित सार्वजनिक भयो । फेसबुकमा खगेन्द्र सुनार नामको आईडीबाट बिहीबार दिउँसो १ बजेर ४१ मिनेटमा यो घटनाको विवरण सार्वजनिक भएको देखिन्छ । तर त्यसमा बच्चाको मृत्युमा जातीय विभेदको कारण रहेको र सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालको गाडीले किचेको भन्ने जस्ता मिथ्या तथ्यहरु राखिएका थिए । यही पोस्टका आधारमा 'एक्स' (पुरानो ट्विटर) र टिकटकमा पनि यो खबर फैलिएको देखिन्छ । टिकटकमा धेरै एकाउन्टहरुले मन्त्रीको तस्बिर र बालकको तस्बिर प्रयोग गरेको देखिन्छ । 

३. यो घटनामा सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री किन जोडिए ? What is the case of the death of a child linked to Surendra Bahadur Pal, Minister of the Far West? Find out in seven quizzes:
मन्त्रीको गाडीले किचेर बालकको मृत्यु नभएपनि यो घटनामा उनी किन जोडिए त ? किनकि नदी छेउमा बालुवा थुपार्ने काम निङ्लासैनी कन्स्ट्रक्सनले गरेको थियो । यो कम्पनी मन्त्री पालकी श्रीमती मनिषा पालको नाममा दर्ता छ । मन्त्री पालले उक्त कम्पनी आफ्नो श्रीमतीकै नाममा रहेको र त्यो स्थानीय मानबहादुर नाथले भाडामा लिएर चलाइरहेको दाबी गरे । कान्तिपुरको सम्पर्कमा आएका नाथले कन्स्ट्रक्सन कम्पनी चलाउन कुनै लिखित सम्झौता नभएको बताए । एमालेबाट निर्वाचित मन्त्री पालले यस घटनामा आफ्नो कुनै संग्लनता नरहेको बताए । उनले बालकको मृत्यु करेन्ट लागेर भएको बताउँदै भने, 'त्यो घटनामा मेरो कुनै पनि संलग्नता नै छैन, म असारदेखि बैतडी गएकै छैन । राजनीतिक पूर्वाग्रह राखेर मेरो चरित्र हत्या गर्ने काम भइरहेको छ ।'

What is the case of the death of a child linked to Surendra Bahadur Pal, Minister of the Far West? Find out in seven quizzes:मन्त्री पालको सचिवालयले विज्ञप्ति नै निकालेर उक्त घटनामा मन्त्रीको नाम जोडेर झुटो प्रचारप्रसार गरिएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, 'यस्ता भ्रामक र आधारहिन स्टाटसको मन्त्रीज्यूको सचिवालयले खण्डन गर्दछ । निजकाविरुद्ध नेपाल प्रहरीको साइबर सेलमा उजुरी दर्ता गरी कानुनी प्रक्रियामा अघि बढनेछौं । 

४. बालकको मृत्युपछि के भयो ? 
घटनालगत्तै मृतकका आफन्तहरुले क्षतिपूर्ति माग गर्दै शव नबुझ्ने अडान लिए । दोस्रो दिन बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गरे । गोकुलेश्वर अस्पतालमा राखिएको शवको पोष्टमार्टम पनि भएन । घटनाबारे राष्ट्रिय स्वतन्त्र पार्टी र कांग्रेस गाउँपालिकाले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छानबिन माग गरे । दुवै पार्टीले उक्त घटनामा मन्त्री पाल जिम्मेवार रहेको दाबी गरेका छन् । 

स्थानीय दलले विरोध गर्ने र स्थानीयले सडक अवरुद्ध गर्ने गरेपछि वडाध्यक्ष रघुवीर बोहरासहित एमालेनिकट कार्यकर्ताले घटना मिलाउन अघि सरे । उनीहरुले नै मृतककी आमा राजमतिको खातामा पाँच लाख जम्मा गरिदिए । त्यसपछि आफन्तले पोष्टमार्टम र शव बुझ्न सहमत भए । राजमतिले भने बच्चाको मृत्युपछि आफू बेहोस जस्तो अवस्थामा रहेका बेला पाँच लाख रुपैयाँमा घटना मिलापत्र गरिएको सुनेर झन् पीडा भएको बताइन् । ‘म होसमा आएपछि मात्रै खातामा पैसा जम्मा गरेको कुरा थाहा पाएकी हुँ,’ राजमतिले भनिन्, ‘म मान्दैन, प्रहरीलाई उजुरी दिन्छुभन्दा त्यतिबेला कान्छा ससुराले मानेनन् ।’ घटनाका बेला साउदीमा रहेका देवर तुलाराम घर फर्केपछि उनलाई ल्याएर न्यायको लागि सदरमुकाम गएको उनले बताइन् ।What is the case of the death of a child linked to Surendra Bahadur Pal, Minister of the Far West? Find out in seven quizzes:

५.यस घटनामा प्रहरीको भूमिका कस्तो रह्यो ? 
मृतक किरनका बाबुको यसअघि नै मृत्यु भइसकेको छ । त्यसैले राजमतिले घटनाको १३ दिनपछि आफूलाई पैसाभन्दा न्याय चाहिएको भन्दै ३० साउनमा जिल्ला प्रहरी कार्यलयमा किटानी जाहेरी दिन पुगिन् । तर प्रहरीले जिल्ला नभई यो घटना इलाका प्रहरी कार्यालय पाटनमा दर्ता गर्नु भनेर पठायो । राजमती देवर तुलारामसँग पाटन पुगिन् । तर इलाका प्रहरी पाटनले कागजात नमिलेको भन्दै जिल्लामै फर्काइदियो । देवर तुलाराम घर फर्केपछि गत ४ गते  राजमति फेरि सदरमुकाम पुगीन् । हुलाक कार्यालयमार्फत् मन्त्री पाल, उनका छोरा मुकेश र वडाध्यक्ष रघुवीर बोहराविरुद्ध किटानी जाहेरी पठाइन् । 

What is the case of the death of a child linked to Surendra Bahadur Pal, Minister of the Far West? Find out in seven quizzes:

६.यस घटनामा प्रहरीको भनाई के छ  ?  
बैतडी प्रहरीका अनुसार घटनास्थलमा गरिएको सार्वजनिक मुचुल्का अनुसार घटनाका बखत मन्त्री, उनका छोरा मुकेश र वडाध्यक्ष त्यहाँ नभएकोले प्रत्यक्ष संलग्न भएका व्यक्तिहरुको नाममा जाहेरी ल्याउनु भनेर फर्काएको हो । बैतडीका निमित्त प्रमुख रहेका प्रहरी निरीक्षक बलराम पाण्डेयले कान्तिपुरसँग भने, 'हामीले घटनाको अनुसन्धान गर्ने हो, वारदात स्थलमा नभएको व्यक्तिविरुद्ध जाहेरी ल्याएका थिए, त्यसैले जाहेरीको व्यहोरा मिलाएर ल्याउनु भनेका हौं । प्रारम्भिक प्रमाणहरु पुगेपछि मुद्दा दर्ता नगर्ने भन्ने हुँदैन, जोसुकै भए पनि हामी अनुसन्धान गर्छौँ ।' 

राजमतिले हुलाक कार्यालयमार्फत पठाएको जाहेरी इलाका प्रहरी कार्यालय पाटनमा पुगिसक्यो । जिल्ला प्रहरीका निमित्त प्रमुख समेत रहेको प्रहरी निरीक्षक बलराम पाण्डेयले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार कानुनी प्रक्रिया अगाडि बढाउन लागेको बताए । उनले आफूहरुले घटनाबारे विस्तृतमा अनुसन्धान गर्ने बताए । 

७. यस घटनामा एमालेबाट निर्वाचित वडाध्यक्ष रघुवीर बोहरा मृतकका परिवारलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिलाउन किन अग्रसर भए ?   

सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले उक्त घटनामा आफू नजोडिएको बताइरहे पनि यस घटनामा स्थानीय एमाले नेतृत्व किन सक्रिय देखियो ? अनि किन एमालेबाट निर्वाचित वडाध्यक्ष रघुवीर बोहरा मृतकका परिवारलाई क्षतिपूर्ति दिलाउन अग्रसर भए ? हामीले यसबारे वडाध्यक्ष रघुवीर बोहरासँग पनि बुझ्यौं । 

What is the case of the death of a child linked to Surendra Bahadur Pal, Minister of the Far West? Find out in seven quizzes:

उनले घटना दिउँसो २ बजेतिर भएको र त्यतिबेला आफू घटनास्थलभन्दा आधा घन्टाको दूरीमा रहेको कोल्थडास्थित घरमा रहेको बताए । उनले घटनाको दोस्रो दिन बिहानैदेखि गाउँलेले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध गरेपछि आफूले बैतडीका पार्टी (एमाले) का साथीहरुसँग मिलेर रकम संकलन गरेको बताए । उनले जिल्ला कमिटी सदस्यसमेत रहेका गोकुलेश्वरका हार्डवेयर व्यापारी नरेन्द्र नाथबाट संकलित एकमुष्ठ पाँच लाख आफूले दिएको पनि बताए । उनले भने, 'नगदै बुझाउन खोज्दा राजमतिका कान्छा ससुरा हरिचन्द्र कोली, शिक्षकसमेत रहेका स्थानीय देवेन्द्र कोलीलगायत आफन्तले सल्लाह गरेर मृतककी आमा राजमतिको खातामा जम्मा गरिदिएको हुँ । रकम जम्मा गरेको भौचर साथै रहेका हरिचन्द्रको छोराको हातमा दिएको हुँ ।

What is the case of the death of a child linked to Surendra Bahadur Pal, Minister of the Far West? Find out in seven quizzes:  

मृतक परिवारलाई रकम दिएकाबारे महादेव मावि पंसेरामा कार्यरत शिक्षक रहेका मृतक बालकका आफन्त देवेन्द्र कोली पनि जानकार थिए । उनले घटनाको दोस्रो दिन क्षतिपूर्तिको कुरा उठेको बताए । गोकुलेश्वरमा रहेको अपिनाम्पा होटलमा मृतक बालकका कान्छा बाजे हरिचन्द्रसहित सात आठ जनाको भेला भएको र त्यसमा इलाका प्रहरी पाटन र गोकुलेश्वरका प्रहरी निरीक्षकहरु, डिलासैनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशबहादुर बोहरा, वडाध्यक्ष रघुवीर बोहरा, नगरप्रवक्ता यज्ञराज भट्टलगायत सहभागी भएको बताए । उनले छलफलमा राहत तथा क्षतिपूर्तिका लागि विद्युत् प्राधिकरणसँग माग गर्ने र पाँच लाख तत्कालै दिने सल्लाह भएको सुनाए । शिक्षक कोलीले मृतक परिवारलाई दिने पैसा कहाँबाट कसरी आयो भन्नेबारे आफू जानकार नभएको बताए । भने, 'तेस्रो दिन दाहसंस्कार गर्‍यौँ । तर अहिले आएर घटनाले अर्कै रुप लिएको छ । अहिले त मलाई केही थाहा छैन । भाउजु नाता पर्ने मृतककी आमासँग मेरो भेटघाट भएको छैन । सामाजिक सञ्जालबाट असजिलो परिस्थिति सिर्जना भएको जस्तो लाग्छ ।' 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

मोहन चन्द चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।

Link copied successfully