नेपाली पर्वतारोही पाण्डेले गरे इन्डोनेसियाको ‘काष्ट्रेन्ज पिरामिड’को आरोहण

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने ‘काष्ट्रेन्ज पिरामिड’ हिमशिखरमा उनले स्थानीय समय अनुसार आइतबार बिहान ९:३० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए ।

भाद्र १, २०८२

कान्तिपुर संवाददाता

Nepali mountaineer Pandey climbed the ”Kashtrange Pyramid” in Indonesia.

काठमाडौँ — नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इन्डोनेसियामा रहेको ‘काष्ट्रेन्ज पिरामिड’ हिमशिखरको सफल आरोहण गरेका छन् ।

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमशिखरमा आरोही पाण्डेले स्थानीय समय अनुसार आइतबार बिहान ९:३० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए ।

सेभन समिटको यस विशेष अभियानमा उनको यो पाँचौँ हिमाल आरोहण हो भने विभिन्न समयमा दर्जन बढी हिमाल उनले चढिसकेका छन् ।  

सेभेन समिट अभियानमा रहेका उनले अब उत्तर अमेरिकी महादेश अन्टार्कटिका महादेश र अस्ट्रेलियाको हिमाल आरोहण गर्न बाँकी रहेको बताए । उपयुक्त मौसममा संयुक्त राज्य अमेरिकामा रहेको डेनाली हिमाल, अन्टार्कटिकाको भिन्सन र अस्ट्रेलियाको कोसिउज्कोको आरोहण गर्ने उनले सुनाए ।

सन् २०१८ मा पहिलोपटक सगरमाथा चढेपछि आफूमा सेभेन समिटको आकांक्षा पलाएको बताउने उनले अन्य महादेशका हिमालहरु आरोहण गरिसकेर पुनः नेपालमै आएर सगरमाथामा यस अभियानको समापन गर्ने योजना रहेको बताए ।

जलवायु परिवर्तनको मुद्दा बोकेर ‘सेभेन समिट’ मा

कान्तिपुर संवाददाता

Link copied successfully