माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेकपाका महासचिव चन्दबीच भेटवार्ता

माओवादी स्थायी समितिले पार्टीभित्रको विवाद समाधान गर्दै नेकपासँग एकता गर्ने नयाँ निर्णय गरेको छ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

Meeting between Maoist Senior Vice President Shrestha and CPN General Secretary Chand

काठमाडौँ — माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ  र नेकपाका महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ । बुधबार हात्तीवनस्थित श्रेष्ठ निवासमा दुई नेताबीच करिब एक घण्टा भेटघाट र छलफल भएको छ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, नेकपा र माओवादीबीच पार्टी एकताको सम्भावनाबारे पनि दुई नेताबीच छलफल भएको छ । 

माओवादीको स्थायी समिति बैठकले आफ्नो पार्टीभित्रको अन्तरसंघर्ष समाधान गरी नेकपासँग एकता गर्ने निर्णय गरेको हो ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएर सोमबार सम्पन्न भएकाे माओवादी स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो ।

गत पुसमा भएको केन्द्रीय समितिमा पनि नेकपालगायत विचार मिल्ने दलसँग एकता गर्ने माओवादीले निर्णय गरेको थियो । तर प्रक्रिया अघि नबढेपछि चन्द नेतृत्वको नेकपाले चासो नदिएको भन्दै एकताको च्याप्टर करिब बन्द भएको नेताहरूले बताउन थालेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully