बागमतीका निलम्बित मेयर थापासहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

विशेष अदालतले निलम्बित मेयर थापासहित नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेललाई दोषी ठहर गरेको हो ।

श्रावण २१, २०८२

कान्तिपुर संवाददाता

3 people including the suspended mayor of Bagmati, Thapa, were found guilty in the corruption case

काठमाडौँ — सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ३ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले निलम्बित मेयर थापासहित नगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना प्रमुख इन्जिनियर सागर पौडेललाई दोषी ठहर गरेको हो । 

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्यद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले बुधबार भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको हो । उनीहरुको सजाय यही साउन २९ गते निर्धारण हुनेछ । उक्त कसुरमा ८ देखि १० वर्षसम्म कैद सजाय हुने कानुन अनुसार प्रावधान छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ जेठ २९ मा थापा, उपमेयर लीलाकुमारी मोक्तानसहित ६ जनालाई प्रतिवादी बनाएर ३० करोड २९ लाख ३४ हजार ८ सय ९७ रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गरेको थियो । नदीजन्य पदार्थको हानिनोक्सानी गरेको अभियोगमा उनीहरुलाई प्रतिवादी बनाइएको थियो ।

सोही मुद्दाको फैसला गर्दै थापासहित ३ जनालाई दोषी ठहर गरेको हो भने अरु ३ जना उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीलाई भने सफाइ दिएको छ ।

गैरकानुनी सम्पत्ति आर्जनमा पनि निलम्बित मेयर थापा दोषी : एक वर्ष कैद, ३ करोड ४५ लाख जरिवाना 

विशेष अदालतले बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै कैद र जरिवाना तोकेको छ । उनले ३ करोड ४५ लाख २२ हजार ३ सय ८७ रुपैयाँ २३ पैसा गैरकानुनी रुपमा आर्जन गरेको ठहर गर्दै अदालतले एक वर्ष कैद र बिगो बमोजिम जरिवाना हुने फैसला सुनाएको हो ।

उक्त मुद्दा विशेषका अध्यक्ष न्यायाधीश कुँवर र सदस्यद्वय श्रेष्ठ र कोइरालाको इजलासले टुंगो लगाएको हो ।

यसकारण वाग्मतीका मेयर थापाविरुद्ध साढे ५ करोड भ्रष्टाचारको मुद्दा

3 people including the suspended mayor of Bagmati, Thapa, were found guilty in the corruption case

कान्तिपुर संवाददाता

Link copied successfully