स्थानीय तहमा विद्यालय जिम्मेवारी गएपछि कक्षा १२ को नतिजामा सुधार : बोर्ड

गत वर्षको तुलनामा यस वर्ष ९.१७% बढी विद्यार्थी उत्तीर्ण, अंग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विद्यार्थी ननग्रेड।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

Improvement in Class 12 results after devolution of school responsibility to local level: Board

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय तहमा विद्यालयको जिम्मेवारी गएपछि नतिजामा सुधार भएको बताएका छन् । सोमबार प्रकाशित कक्षा १२ को नतिजामा सुधार आउनुको प्रमुख कारणका रूपमा उनले स्थानीय तहले विद्यालय शिक्षाको जिम्मेवारी पाउनु भएको बताए । 

बोर्डका अनुसार कक्षा १२ मा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । यस वर्ष अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको अध्यक्ष शर्माले बताए ।

'स्थानीय तहमा विद्यालयको जिम्मेवारी गएपछि, पठन संस्कृति सुधार भएको, प्रश्नपत्रको मापदण्डमा सुधार गरिएकाले पनि नतिजामा सुधार आएको हो,' उनले भने । 

कान्तिपुर

Link copied successfully