भदौ २८ र २९ गते कक्षा १२ को ग्रेडवृद्धि परीक्षा

बोर्डले दुई विषयसम्म ननग्रेड भएका विद्यार्थीलाई ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन अनुमति दिएको छ, यस वर्ष ६१.१७ प्रतिशत उत्तीर्ण भएका छन्।

श्रावण १९, २०८२

कान्तिपुर संवाददाता

August 28th and 29th grade increase exam of class 12

काठमाडौँ — कक्षा १२ को ग्रेडवृद्धि परीक्षा भदौ २८ र २९ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालित १२ कक्षाको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । 

बोर्डले दुई विषयसम्म ननग्रेड हुने विद्यार्थी ग्रेडवृद्धिको परीक्षामा सहभागी हुन पाउने जनाएको छ । सैद्धान्तिकतर्फ अन्य सबै विषयमा 'डी' वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा ननग्रेड प्राप्त गर्ने वा बढीमा दुई विषयमा अनुपस्थित परीक्षार्थीले मौका परीक्षा दिन पाउने बोर्डले जनाएको छ ।

बोर्डका अनुसार  यस पटक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वर्ष ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका थिए ।

यस वर्ष अङ्ग्रेजी, लेखा, सामाजिक र नेपालीमा धेरै विधार्थी फेल(ननग्रेड) भएको अध्यक्ष महाश्रम शर्माले बताए ।

कान्तिपुर

Link copied successfully