आज देश दुनियाँमा के–के भयो ? 

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाल आरोहण गर्दा लाग्ने शुल्क दुई वर्षका लागि संघीय मिनाहा गर्ने भएको छ

श्रावण १६, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

What you should know

काठमाडौँ — सप्तरीमा बालिकामाथि सामूहिक बलात्कार, १ लाख बुझेर मिल्न जनप्रतिनिधिसम्मको दबाब, चक्रे मिलनसहित १९ जनालाई सार्वजनिक हितविरुद्धको कसुरमा ७ दिन म्याद थप, अपीसहित सुदूर र कर्णालीका हिमाल चढ्दा शुल्क नलाग्ने, १६ विद्यार्थी संगठनको संयुक्त माग – अविलम्ब शिक्षा ऐन जारी गरदेखि तेहरानमा शताब्दीकै ठूलो पानी संकट, केही महिनाभित्रै बाँधहरू सुक्ने चेतावनीसम्मका खबर आज चर्चामा रहे । 

००००

सप्तरीको राजविराज नगरपालिका-११ झल्हीमा एक १५ वर्षकी दलित बालिकामाथि सामूहिक बलात्कार भएको छ । बुधबार साँझ चार जनाको समूहमा आएका युवाहरुले घरअगाडि उभिरहेकी ती बालिकालाई उठाएर लगेका थिए । छिमेकीले घरमा खबर गरेपछि साँझबाटै बालिकाको खोजी गरिरहेका परिवारजनले भोलिपल्ट बिहान आरोपीमध्येका १९ वर्षीय राजु यादवलाई देख्नासाथ समातेर हातपात गरेपछि बालिकामाथि भएको बलात्कार घटनाबारे खुल्न आएको हो । बिहीबारदेखि मिल्न दबाब दिँदै आएका उनीहरूले शुक्रबार बिहान वडाध्यक्ष उतिदनारायण यादवसमेतको उपस्थितिमा स्वास्थ्य चौकीमा पञ्चायती बसाएर थप दबाब दिएको उनको भनाइ छ ।  

०००००

बिहीबार राति प्रहरीको नियन्त्रणमा परेका चक्रे मिलन भनिने मिलन गुरूङसहित १९ जनालाई जिल्ला प्रहरी परिसरले सार्वजनिक हित विरुद्धको कसुरमा अनुसन्धान गर्ने भएको छ । काठमाडौंको महाराजगन्जको साम्बाला होटल क्षेत्रबाट गुनासोको फोन प्रहरीलाई आएपछि प्रहरीले मिलनसहित ४७ जनालाई पक्राउ गरेको थियो ।

००००

सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाल आरोहण गर्दा लाग्ने शुल्क दुई वर्षका लागि संघीय सरकारले मिनाहा गर्ने भएको छ । चालु आर्थिक वर्ष र आगामी आव २०८३र०८४ मा दुईवटै प्रदेशका ९७ हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर मिहाना मन्त्रिपरिषद्ले गरेको हो । सुदूरपश्चिम र कर्णाली प्रदेशको सबैभन्दा अग्लो ७१३२ मिटर अपी हिमालसहित ९७ हिमाल आरोहणमा लाग्ने शुल्क मिहानाले यस क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

००००

सत्तारूढसहित १६ विद्यार्थी संगठनले अविलम्ब विद्यालय शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरेका छन् । नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी संगठनले शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै विद्यार्थीमैत्री ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सरकारले पटक–पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि विद्यार्थीका मुद्दा र विधेयकप्रति उपेक्षा गरेको विद्यार्थी संगठनको दाबी छ । 

००००

इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन् । तेहरान प्रान्तीय जल आपूर्ति कम्पनीले पनि हालको पानी संकट एक शताब्दीयताकै ठूलो भएको उल्लेख गरेको छ । उसका अनुसार सहरलाई पानी आपूर्ति गर्ने जलाशयको स्तर ‘एक शताब्दीको सबैभन्दा कम’ अवस्थामा झरेको छ । 

कान्तिपुर

Link copied successfully