नाउपामा किचलो : रेशमले पत्नीलाई हटाएर बुवालाई बनाए अध्यक्ष, निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने, बचतकर्ताको करिब ६ करोड हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ
What you should know
काठमाडौँ — नाउपामा किचलो : रेशमले पत्नीलाई हटाएर बुवालाई बनाए अध्यक्ष, निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने, बचतकर्ताको करिब ६ करोड हिनामिना गर्ने सहकारीका अध्यक्ष पक्राउ, बीपी राजमार्ग बनाउन जापानसँग २.६१ अर्ब अनुदान सहायता लिनेदेखि नेपालको होरा टिम विश्वकपको पब्जी फाइनलमासम्मका खबर आज चर्चामा रहे ।
०००००
नागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षले केन्द्रीय समितिको अध्यक्षको जिम्मा लालवीर चौधरीलाई दिएको छ । बुधबार र बिहीबार बसेको रेशम पक्षको राष्ट्रिय भेलाले लालवीरलाई अध्यक्ष तोकेको संसदीय दलका नेता गंगाराम चौधरीले बताए । बर्दिया(२ बाट संघीय सांसद निर्वाचित लालवीर रेशमकै बुवा हुन् । रेशमले श्रीमती रञ्जिता श्रेष्ठलाई हटाएर अध्यक्षमा बुवालाई ल्याएका हुन् ।
०००००
निर्वाचन आयोगले राजनीतिक दलहरूको स्वमूल्यांकन गर्ने भएको छ। यसका लागि आयोगले ‘राजनीतिक दल स्वमूल्यांकनसम्बन्धी कार्यविधि’को मस्यौदा तयार गरेको छ, जसमा दलहरूको मूल्यांकनका लागि विभिन्न सूचक र अंकभार प्रस्ताव गरिएको छ।
०००००
रुपन्देहीको सिद्धार्थनगरमा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी पक्राउ परेका छन् । सिद्धार्थनगर नगरपालिका(५ मा रहेको उक्त सहकारीका सेयर सदस्य तथा बचतकर्ताको ५ करोड ९० लाख ८४ हजार १ सय ६५ रुपैयाँ हिनामिना गरेको अभियोगमा केसी पक्राउ परेका हुन् ।
०००००
एक वर्षअघि बाढीले भत्काएको बीपी राजमार्ग बनाउन जापानसँग सरकारले २.८ अर्ब येन९२ अर्ब ६१ करोड नेपाली रुपैयाँ अनुदान सहायता लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीले भत्काएको बीपी राजमार्गको सिन्धुली खण्ड बनाउनका लागि जापानसँग अनुदान सहायता लिने निर्णय गरेको हो ।
०००००
साउदी अरेबियाको राजधानी रियादमा जारी ई-स्पोर्ट्स विश्वकपअन्तर्गत पब्जी मोबाइल विधामा नेपाली टोली, होरा ईस्पोर्ट्स फाइनल चरणमा पुग्न सफल भएको छ । जुलाई २९ र ३० मा भएको सर्भाइभल स्टेजमा उत्कृष्ट प्रदर्शन गर्दै होराले शीर्ष ८ भित्र परेर ग्रान्ड फाइनलको यात्रा तय गरेको हो । पब्जी मोबाइल वर्ल्ड कप २०२५ को ग्रान्ड फिनाले साउन १६ देखि १८ गते ९अगस्ट १ देखि ३० मा आयोजना हुँदै छ ।
