न्युयोर्कमा दुई फरक घटनामा पाँच जनाको मृत्यु भएको, मेयर एडम्सले सक्रिय सुटरविरुद्ध जाँच चलिरहेको बताए।
What you should know
काठमाडौँ — बागमतीका मुख्यमन्त्री लामाले गुमाए संसदीय दलको नेताको हैसियत, रानीजमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युत् आयोजना उद्घाटन, मधेशमा विद्युत् प्राधिकरणको निर्देशन - ‘एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्नुस्’,
अमेरिकाका दुई ठाउँमा भएको गोलीबारीमा पाँच जनाको हत्यादेखि धरान स्पोर्ट्स अवार्ड : विभिन्न विधाका मनोनयन सार्वजनिकसम्मका खब आज चर्चामा रहे ।
०००००
मुख्यमन्त्री बहादुरसिंह लामा बागमती प्रदेश कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका छन् । मंगलबार प्रदेश कांग्रेस संसदीय दलमा भएको मतविभाजमा मुख्यमन्त्री लामाले संसदीय दलको नेताको हैसियत गुमाएका हुन् । मुख्यमन्त्री लामाका पक्षमा १५ सांसदले मात्र मत दिएका छन् । त्यस्तै इन्द्रबहादुर बानियाँका पक्षमा भने बहुमत अर्थात २२ सांसद देखिए ।
०००००
प्रधानमन्त्री केपी शर्मा ओलीले रानीजमरा कुलरिया सिँचाइ आयोजनाको सिँचाइतर्फको थप सिँचाइ, जलविद्युत् र प्रसारण लाइन उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार थप १४ हजार ३ सय हेक्टरमा सिँचाइ सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत् तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् ।
०००००
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एक हप्ताभित्र किसानलाई राहत हुने गरी काम गर्न मधेश प्रदेशको विद्युत् कार्यालयहरुलाई निर्देशन दिएका छन् । मंगलबार नेपाल विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरधाममा छलफल गर्दै उनले उक्त निर्देशन दिएका हुन् ।
०००००
सोमबार अमेरिकाको दुई फरक फरक क्षेत्रमा भएका गोलीबारीमा कम्तिमा पाँच जनाको मृत्यु भएको छ । न्युयोर्क शहरको म्यानहट्टनमा गोलाबारीमा दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी एपीका अनुसार म्यानहट्टनको कार्यालय भवनमा गोलाबारी गर्ने बन्धुकधारी पनि मारिएका छन् । न्युयोर्क सिटीका मेयर एरिक एडम्सले सामाजिक सञ्जालमा पोस्ट गर्दै मिडटायनमा एक सक्रिय सुटरविरुद्ध जाँच चलिरहेको बताएका छन् ।
०००००
धरान खेलकुद मञ्चले धरान स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत विभिन्न सात विधामा पर्न सफल खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको छ । मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी उत्कृष्ट धरान वर्ष खेलाडीसहितका विभिन्न सात विधाको लागि मनोनयनमा परेका महिला र पुरुष खेलाडीहरुको नाम सार्वजनिक गरेको हो ।
