भण्डारीलक्षित ज्ञवालीको टिप्पणी : गणतन्त्रको रक्षा सेना र प्रहरीले गरेर मात्र हुँदैन

श्रावण ७, २०८२

अनुप पौडेल

Bhandarilakshit Gyawali's comment: Defense of the republic is not only done by army and police

What you should know

कास्की — एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीतर्फ इंगित गर्दै गणतन्त्रको रक्षा सेना र प्रहरीले मात्र गरेर नहुने बताएका छन् ।

एमाले कास्कीले ४७ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बुधबार आयोजना गरेको विचार गोष्ठीमा उनले गणतन्त्रको रक्षाको विषय सेना र प्रहरीको मात्र नभएको बताए । ‘गणतन्त्रमाथि चर्को हमला छ । त्यो हमलाबाट जोगाएर जनताको मनमनमा स्थापित गर्नुछ,’ उनले थपे, ‘गणतन्त्रको रक्षा कसले गर्ने ? सेना र पुलिसले गरेर मात्र त हुँदैन । जनतालाई यो साँचो अवस्थामा हाम्रो लागि बनेको व्यवस्था हो भन्ने बन्नुपर्‍यो ।’

मधेशमा कांग्रेसको ठूलो नेता भएपनि कार्यकाल सकिएपछि रामवरण यादव पूर्वराष्ट्रपतिकै हैसियतमा बसिरहेको प्रसंग उनले सुनाए । नजिर कस्तो बसाल्ने भन्ने विषय आफ्नै हातको विषय भएको उनको भनाइ थियो । त्यसैले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति सम्मानित ठाउँमा रहेकाले अभिभावकीय भूमिकामा रहनु राम्रो हुने निर्णय गरेको उनले बताए । 

संविधानमा सबै विषय स्पष्ट नलेखिने भएकाले व्यवहार, अभ्यास र स्थापित मान्यता हेर्नुपर्ने उनले बताए । ‘त्यो उचाइमा पुगेको व्यक्ति फर्केर पार्टी राजनीतिमा आउन हुन्छ कि हुँदैन ? संविधानमा कयौं कुरा लेखिएको छैन । संविधानमा सबै कुरा लेखिँदैन,’ उनले भने, ‘ती धेरै कुरा हाम्रा व्यवहार, हाम्रा अभ्यास कस्ता हुन्छन्, हामी के मूल्य, के मान्यता स्थापित गर्छौं भन्ने कुराले तय गर्छौं ।’ 

राजावादीजस्ता तत्त्वले गतिविधि बढाउँदा सम्मानित भइसकेका व्यक्तिले अभिभावकीय जिम्मेवारी बहन गर्नुपर्ने उनको भनाइ थियो । अरू सात नेतालाई कम्युनिष्ट योद्धाबाट सम्मान गर्दा पूर्वराष्ट्रपति भण्डारीलाई नेकपा स्थापनाको हीरक महोत्सवको अवसरमा ‘गणतन्त्र गौरव’बाट सम्मानित गरेको उनले सुनाए ।  

अनुप

Link copied successfully