विद्या भण्डारीलाई पार्टीमा नफर्कन आग्रह गर्ने एमालेको निर्णय

श्रावण ६, २०८२

गंगा बीसी

UML's decision to ask Vidya Bhandari not to return to the party

काठमाडौँ — एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी राजनीतिमा नआउन आग्रह गर्ने निर्णय गरेको छ । भण्डारीले अध्यक्ष केपी शर्मा ओलीको सुझावलाई बेवास्ता गर्दै चुनौती दिएकाले पार्टीमा नफर्कन आग्रह गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको हो । 

‘पार्टी अध्यक्षले दिएका सुझाव र त्यसको जवाफको प्रतीक्षामा रहेको अवस्थामा उहाँले पत्रकार सम्मेलन गरेर केन्द्रीय कमिटीको बैठकलाई नै चुनौती दिएकोले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा नफर्कन, आफ्नो गरिमाअनुरूप पूर्वराष्ट्रपतिको हैसियतमा सल्लाहकार र अभिभावक बनेर बस्न आग्रह गर्ने निर्णय सुनाइयो,’ एक केन्द्रीय सदस्यले भने । 

अध्यक्ष ओलीले भण्डारीलाई राजनीतिमा नफर्कन पार्टीले आग्रह गर्ने निर्णय सुनाएका थिए । उनले भने, 'पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन, मिल्दैन ।'  

गंगा बीसी

Link copied successfully