भोजपुर घटना : ‘अस्वीकृत प्रेमको प्रतिशोधमा सामूहिक हत्या’

असार २२, २०८२

पर्वत पोर्तेल, दीपेन्द्र शाक्य

Bhojpur Incident: 'Mass Murder in Revenge of Rejected Love'

विराटनगर, संखुवासभा — भोजपुरको रामप्रसाद राई गाउँपालिका-२ धोद्लेखानी शनिबार मध्यरातिको एक बीभत्स हत्या घटनाले आक्रान्त बन्यो । स्थानीयका लागि त्यो रात सामान्य रहेन, किनभने गाउँले एउटा परिवार नै गुमायो । 

भोजपुर नगरपालिका–२ हेलौचाका ३० वर्षीय राजेन्द्र राईले ससुरालीका चार जना सदस्यको हत्या गरे । मृतकमध्ये उनकी श्रीमती पनि थिइन्, १६ वर्षीया मनिषा गिरि । करिब ९ महिनाअघि उनीहरूको प्रेम विवाह भएको थियो । तर, अन्तरजातीय प्रेम विवाह समाज र परिवारको नजरमा स्वीकार्य बनेको थिएन ।

राजेन्द्र केही दिनदेखि श्रीमती लिन ससुराली गाउँमै थिए । शनिबार जसरी भए पनि मनिषालाई लिएर फर्किने अठोटका साथ पुगेका थिए उनी । ससुराली छोरी लैजान नदिने पक्षमा थिए । लैजाने र लैजान नदिनेबीच विवाद क्रमशः चर्कँदै गएपछि हिंसात्मक रूप लिएको थियो । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले घटनाबारे जानकारी दिँदै भने, ‘राजेन्द्रले दिएको बयानअनुसार ससुरालीले छुरा देखाएर आक्रमण गरेपछि उनले त्यही छुरा खोसेर चारै जनाको हत्या गरेका हुन् ।’

६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासू मञ्जु गिरि, ९ वर्षीय सालो सपन गिरि र श्रीमती मनिषा गिरि राईको आक्रोशको सिकार बने । हत्यापछि राईले आफैंले प्रहरी कन्ट्रोलमा फोन गरी भनेका थिए, ‘मैले मान्छे मारेँ, मलाई लिन आउनू ।’ उनको पेटको तीन ठाउँमा गहिरो चोट देखिएको छ । सामूहिक हत्याअघि ससुराली पक्षले आफूमाथि छुरा प्रहार गरेको दाबी उनले प्रहरीसमक्ष बयानमा गरेका छन् ।

जिल्ला अस्पताल भोजपुरमा प्रहरी निगरानीमा राईको उपचार भइरहेको छ । अवस्था गम्भीर भएकाले थप उपचारका लागि अन्यत्र सिफारिस गर्न सकिने प्रहरीले जनाएको छ ।

राजेन्द्र भोजपुर सदरमुकाममा डेरा गरी बस्ने निर्माण मजदुर हुन् । आर्थिक रूपमा सामान्य अवस्थाका उनी प्रेम विवाहपछि गिरि परिवारसँगको टकरावमा थिए । त्यो टकरावले यति खतरनाक रूप लिन्छ भन्ने अनुमान कसैले गरेका थिएनन् । डीआईजी कार्कीले भने, ‘अन्तरजातीय विवाह र त्यसपछिको पारिवारिक अस्वीकृति नै हत्या जस्तो भीषण निर्णयमा पुग्ने मुख्य कारण देखिन्छ ।’

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

दीपेन्द्र

Link copied successfully