मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक नियुक्ति बहुमतले सदर

प्रधानन्यायाधीश राउत र न्यायाधीश सुवेदीको फरक मत

असार १९, २०८२

घनश्याम खड्का

Supreme Court verdict at midnight: Constitutional appointment approved by majority

काठमाडौँ — सर्वोच्च अदालतको मध्यरातको फैसलाले संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर गरेको छ ।

पाँच जनाको इजलासमा तीन न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडालले नियुक्ति सदरको पक्षमा फैसला गरेका हुन् । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीले फरक मत राखेका थिए ।

सरकारले अध्यादेशमार्फत कानुनमा संशोधन गरी संवैधानिक परिषद्‌को अभ्यासविपरीत बहुमतले निर्णय गरी २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना पदाधिकारी नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यही सिफारिसका आधारमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्त गरेकी थिइन्। 

५२ संवैधानिक पदाधिकारी नियुक्ति प्रकरणमा के भएको थियो ?

मध्यरातमा सर्वोच्चको संवैधानिक इजलास भरिभराउ, इजलासबाटै फैसला सुनाउने तयारी

संवैधानिक पदाधिकारी नियुक्तिविरुद्ध रिट : फैसलाका लागि न्यायाधीशहरू ६ घन्टादेखि छलफलमा

संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिबारे फैसला आज

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully