काठमाडौँ — मध्यरातमा सर्वोच्च अदालतको संवैधानिक इजलास भरिभराउ भएको छ । संवैधानिक आयोगका ५२ पदाधिकारी नियुक्तिविरुद्ध परेको रिटको फैसला आउने भएपछि इजलास भरिभराउ भएको हो ।
अदालत स्रोतका अनुसार बुधबार मध्यरातको १२ नबज्दै फैसला सुनाउने तयारीस्वरुप संवैधानिक इजलास बस्ने तयारी छ । बुधबार १२ घन्टादेखि न्यायाधीशहरू छलफलमा छन् ।
संवैधानिक परिषद्को सिफारिसअनुसार २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना गरी ५२ पदाधिकारी नियुक्त भएका थिए ।
संवैधानिक इजलासमा सर्वोच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरु सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेका छन् ।
