आज देश दुनियाँमा के–के भयो ? 

असार १८, २०८२

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — 'कुलिङ अफ पिरियड' निष्क्रियको व्यवस्था सच्याउन र छानबिन समिति बनाउन राज्य व्यवस्थाको अनुरोध, 'कुलिङ अफ पिरियड'बारे माओवादीको आरोप : सभामुखले जिम्मा लिनुपर्छ, एमसीसीलाई निरन्तरता दिने अमेरिकी सरकारको निर्णय, त्रिविको ताला खुलाउन गृह मन्त्रालय र प्रहरीलाई सर्वोच्चको आदेशदेखि सुरक्षाबाहेक कुनै पनि सेवा सुविधा नलिने पूर्वराष्ट्रपति भण्डारीको घोषणासम्मका खबर आज चर्चामा रहे । 

00000

राज्य व्यवस्था तथा सुशासन समितिले संघीय निजामती विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियड कार्यान्वयनमा नआउने व्यवस्था हटाउन राष्ट्रिय सभालाई अनुरोध गरेको छ । समितिलेकुलिङ अफ पिरियड लागु हुन नसक्ने प्रावधान विधेयकको प्रतिवेदनमा समावेश गरिएकोबारे छानबिन समिति गठन गर्न सभामुख देवराज घिमिरेलाई अनुरोध गरेको छ । 

00000

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले कुलिङ अफ पिरियडमा भएको जालझेलको जिम्मा सभामुखले लिनुपर्ने बताएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रले नैतिकताको आधारमा संसद्को नेतृत्वले ९सभामुख देवराज घिमिरे० यसको जिम्मेवारी लिनुपर्ने धारणा सार्वजनिक गरेको हो। 

00000

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)लाई निरन्तरताको बाटो खुलेको छ । अमेरिकी सरकारले एमसीए नेपाललाई निरन्तरता दिने निर्णय गरेसँगै उक्त बाटो खुलेको हो । अमेरिकी सरकारले सो कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेसँगै एमसीए नेपालले स्वागत गरेको छ । 

00000

त्रिभुवन विश्वविद्यालयमा ३४ दिनदेखि जारी तालाबन्दी खुलाउन सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी वृत्त कीर्तिपुरको नाममा तालाबन्दी नगर्नुरनगराउनु, ताला लगाएको भए खोल्नुरखोलाउनु भनेर अन्तरिम आदेश जारी गरेको त्रिविका कानुनी सल्लाहकार नारायण खनालले बताए । न्यायाधीश नृपध्वज निरौलाको इजलासले आदेश दिएको हो । 

00000

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छन्। पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालयमा पुगेर सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो। गत शनिबार मात्रै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको भन्दै पुनः नेकपा ९एमाले० को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्। 

कान्तिपुर

Link copied successfully