पूर्वराष्ट्रपति भण्डारीले पूर्वविशिष्टको सुविधा नलिने भन्दै गृहमा पठाइन् पत्र

असार १८, २०८२

कान्तिपुर संवाददाता

Former president Bhandari sent a letter to the home saying that he will not take the facility of former president

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा नलिने निर्णय गरेकी छन्। पूर्वराष्ट्रपति भण्डारीको स्वकीय सचिवालयले बुधबार गृह मन्त्रालयमा पुगेर सेवा सुविधा नलिनेसम्बन्धी पत्र दर्ता गराएको हो।

गत शनिबार मात्रै पूर्व राष्ट्रपति भण्डारीले सामाजिक–आर्थिक रूपान्तरण, सुखी जनता र समुन्नत नेपाल निर्माण गर्ने दायित्व अझै अधुरो रहेको भन्दै पुनः नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी थिइन्।

‘जबजका तीन दशक’ विषयक राष्ट्रिय गोष्ठीमा जननेता मदनकुमार भण्डारीको ७४औँ जन्म जयन्तीको अवसरमा बोल्दै उनले भनेकी थिइन्, 'राजनीतिमा थकाइ भन्ने शब्द हुँदैन। देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो।'

भण्डारी निकट स्रोतका अनुसार, उनी सक्रिय राजनीतिमा फर्किएकी अवस्थामा पूर्वराष्ट्रपतिको हैसियतमा प्राप्त सरकारी सेवा र सुविधा लिँदा प्रश्न उठ्ने भएकाले उनले सेवा सुविधा त्याग्ने निर्णय गरेकी हुन्।

कान्तिपुर

Link copied successfully