एसईई नतिजाको तयारी, ५ बजे बोर्ड बैठक बस्दै

असार १३, २०८२

कान्तिपुर संवाददाता

Preparation of SEE results, Board meeting at 5 p.m

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारीमा जुटेको छ । केही बेरअघि बोर्डले नतिजा तयारीबारे परीक्षा नियन्त्रण कार्यालयसँग ब्रिफिङ लिइसकेको छ । 

केही प्राविधिक कामहरू भइरहेकाले ५ बजे बस्ने बैठकले आजै नतिजा प्रकाशन गर्ने कि नगर्ने निर्णय गर्ने बोर्डका एक सदस्यले जानकारी दिए । 

असार ६ गतेभित्रमा नतिजा सार्वजनिक गर्ने गरी कार्यतालिका बने पनि गत २०८१ को चैत २० देखि ०८२ वैशाख १७ गतेसम्म शिक्षकले काठमाडौँमा सडक आन्दोलन गरेका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

results.ekantipur.com मा क्लिक गरी एसईईको रिजल्ट हेर्न सकिनेछ ।

कान्तिपुर

Link copied successfully