रामबहादुर बम्जन दोस्रोपटक कारागार चलान

जेष्ठ १३, २०८२

ओमप्रकाश ठाकुर

Ram Bahadur Bamjan jailed for the second time

सर्लाही — रामबहादुर बम्जन पुनः कारागार चलान भएका छन् । बम्जनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको सर्लाही जिल्ला अदालतका सूचना अधिकारी सिकिन्दर कापरले जानकारी दिए । उनी दोस्रोपटक पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।

सोमबार साँझ अदालतको आदेश बमोजिम बम्जनलाई राति नै सर्लाही सदरमुकाम मलंगवास्थित कारागारमा चलान गरिसकिएको प्रहरीले जनाएको छ । बम्जनमाथि गएको फागुन ५ गते अदालतमा सम्पत्ति शुद्धीकरण मुद्दा दर्ता भएको थियो ।

बम्जनविरुद्ध यसअघि सर्लाही जिल्ला अदालतले आनिमाथि यौन दुराचार मुद्दामा २०८१ असार १० गते १० वर्ष कैद र पाँच लाख रुपैयाँ क्षतिपूर्तिको सजाय तोकेको थियो । उच्च अदालत जनकपुरले गएको चैत ६ गते सर्लाही जिल्ला अदालतको फैसला उल्ट्याउँदै बम्जनलाई कारागारमुक्त गरेको थियो ।

मुद्दा सुनुवाइको क्रममा 'लिटिल बुद्ध'का नामले चिनिने विवादित धर्मगुरु बम्जनका अनुयायीहरु जिल्ला अदालत अगाडि भेला भएका थिए । 

ओमप्रकाश

Link copied successfully