विधिविज्ञानको प्रतिवेदन नआएकाले बयान अझै सुरु भएन

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

As the methodology report has not arrived, the statement has not started yet

काठमाडौँ — विधिविज्ञान प्रयोगशालाको प्रतिवेदन नआएकाले विमानस्थल अध्यागमन प्रमुख तीर्थराज भट्टराईलगायतको बयान अहिलेसम्म सुरू हुन सकेको छैन ।

मानव तस्करको सेटिङमा भिजिट भिसामा असुली धन्दा चलाएको प्रकरणमा विमानस्थल अध्यागमन प्रमुख भट्टराईसहित गिरोहमा काम गर्ने तीन जनालाई अख्तियारले बुधबार पक्राउ गरेको थियो ।

चारै जनाबाट अख्तियारले मोबाइल, ल्यापटप तथा अन्य कागजात पनि नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोही दिन कागज गराएर छाडिएकामा बरामद उपकरण विधिविज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको छ ।

सम्बन्धित समाचार :

कान्तिपुर

Link copied successfully