८ महिना नपुग्दै फेरिए काठमाडौँ विमानस्थल अध्यागमन कार्यालयका प्रमुख, सहसचिव कोइरालालाई जिम्मेवारी

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

Less than 8 months later, the responsibility was transferred to the head of the Kathmandu Airport Immigration Office, Joint Secretary Koirala

काठमाडौँ — गृह मन्त्रालयले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईको ८ महिना नपुग्दै सरुवा गरेको छ। मन्त्रालयले अध्यागमन अधिकृत भट्टराईलाई मन्त्रालय तानेर उनको ठाउँमा सहसचिव बिष्णुप्रसाद कोइरालालाई जिम्मेवारी दिएको हो।

उनी करिब एक वर्षअघि देखि पाँचथरको प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत थिए। 

प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी पाएका कोइराला पाँचथरको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा भन्दा अघि करिव एक वर्ष मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सचिवको जिम्मेवारीमा थिए भने त्यस अघि बिराटनगर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा करिव एक वर्ष काम गरेका थिए ।

सहसचिव भट्टराई गत असोज २३ देखि त्रिभुवन विमानस्थलमा प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा कार्यरत थिए। 

कान्तिपुर संवाददाता

Link copied successfully