गभर्नरमा नियुक्त विश्व पौडेल को हुन् ?

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Who is Vishwa Paudel appointed as the governor?

काठमाडौँ — १८ औं गभर्नरका रुपमा नियुक्त विश्व पौडेलले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालीफोर्नियाबाट विद्यावारिधी गरेका छन् । पौडेलको विषय विज्ञता अर्थशास्त्रका अलावा कृषिस्रोत, स्रोत व्यवस्थापन र श्रम अर्थतन्त्र र आर्थिक इतिहासमा छ । उनीसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव पनि छ ।

२०७८–८० मा अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकारको रुपमा काम गरेका पौडेल २०७८–७९ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भएका थिए । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (ईसीमोड)को बोर्ड अध्यक्ष समेत भएका पौडेल सन् २०१५–१७ मा मिलेनियम च्यालेन्ज नेपालमा अर्थशास्त्रीका रुपमा काम गरेका थिए ।

पौडेलसँग चीनको सिचुवान विश्वविद्यालय, चिनको साउथ चाईना एग्रिकल्चर युनिर्भसिटीदेखि अमेरिकाको युनिभर्सिटी अफ क्यालीफोर्निया, बर्कलेमा भिजिटिङ प्रोफेसरको अनुभवसमेत छ । पौडेलले माईक्रोफाईनान्सदेखि श्रम र सामाजिक अर्थशास्त्र र वातावरण र जलस्रोतजस्ता विषयमा अनुसन्धानपत्रहरु प्रकाशित गरेका छन् ।

सन् २०१८ मा आईएलओले गरेको  नेपालको श्रम बजारको विश्लेषण शीर्षकको प्रतिवेदनमा पनि पौडेलले काम गरेका थिए । पौडेलले एसियामा अनौपचारिक क्षेत्रभीत्रका श्रमिक संघहरु गतिविधिबारे सिंगापुरस्थित अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघका लागि अनुसन्धानपत्रसमेत लेखेका थिए ।

गभर्नरका रुपमा नियुक्त विश्व पौडेलकाे कान्तिपुरमा प्रकाशित लेखहरु पढ्न याे लिंकमा जानुहाेस् :
लेखहरु

https://ekantipur.com/author/author-BishwaPaudel-KnjN8



कान्तिपुर

Link copied successfully