माओवादीबाटै मारिएका पत्रकार थापाको शालिकमा माल्यार्पण गरी परिवार भेट्न पुगे दाहाल

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Dahal visited the family of journalist Thapa, who was killed by Maoists, by placing wreaths

काठमाडौँ — माओवादीद्वारा मारिएका दैलेखका पत्रकार डेकेन्द्र थापाको घरमा माओवादी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल पुगेका छन् ।

'जनतासँग माओवादीः मध्यपहाडी लोकमार्ग अभियान' अन्तर्गत दैलेख पुगेका दाहालले पत्रकार थापाको शालिकमा माल्यार्पण गरेका थिए । त्यसअघि दाहालले थापाको घरमा गएर परिवारका सदस्यलाई भेटेका थिए ।

दाहालको सचिवालयका अनुसार सोमबार दाहालले थापाको परिवारलाई भेटेको हो । 'अध्यक्ष प्रचण्डले दैलेखका पत्रकार डेकेन्द्र थापाको सालिकमा माल्यार्पण गर्नुभएको छ । माल्यार्पणअघि अध्यक्ष प्रचण्डले उहाँको घरमा गई आमासँग र परिवारसँग भेटघाट गर्नुभएको थियो,' दाहालको सचिवालयले भनेको छ । 

Dahal visited the family of journalist Thapa, who was killed by Maoists, by placing wreaths

माओवादी नेतृत्वको जनयुद्धका क्रममा पत्रकार थापा मारिएका थिए । थापालाई माओवादी कार्यकर्ताले अपहरणपछि कुटपिट गरेर मारेका थिए ।  २०६१ साउन २७ मा एक विद्यालयको कक्षाको‍ठामा थापा मारिएका थिए  ।

उक्त घटनामा संलग्न तीन जनालाई २०७८ मंसिरमा जिल्ला अदालत दैलेखले जन्मकैदको सजाय सुनाएको थियो ।   

कान्तिपुर संवाददाता

Link copied successfully