नेसपा (नयाँ शक्ति) को अध्यक्षमा भट्टराई निर्वाचित 

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Bhattarai elected as President of NESP (New Power).

काठमाडौँ — नेसपा (नयाँ शक्ति)को अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित भएका छन् । पहिलो महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा अध्यक्षका अर्का उम्मेदवार नेत्र चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्षमा निर्वाचित भएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

यसअघि दुई उपाध्यक्षसहित २० केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । ९९ सदस्यीय केन्द्रीय समितिमा पदाधिकारीसहित ७९ पदका लागि मतदान भएको थियो । 

निर्वाचन परिणाम बिहीबार अपराह्न ५ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने नेसपा (नयाँ शक्ति) ले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully