नेसपा (नयाँ शक्ति) महाधिवेशन : यी हुन् पदाधिकारीसहित निर्विरोध निर्वाचित प्रदेश र केन्द्रीय सदस्य

माघ २९, २०८१

कान्तिपुर संवाददाता

NESP (New Power) Congress: These are the state and central members elected unopposed along with office bearers

काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा दुई पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यमा नेताहरु निर्विरोध निर्वाचित भएका छन्। 

आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा उनीहरू निर्वाचित भएका हुन् । पदाधिकारीमा निर्विरोध निर्वाचित हुनेहरूमा महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, उपाध्यक्ष (दलित)मा दुर्गा सोब रहेका छन् ।  

यस्तै कोशी प्रदेश केन्द्रीय सदस्य खुलातर्फ मणि राई, कोशी प्रदेशबाटै महिला केन्द्रीय सदस्यमा तारा बास्तोला दवाडी र मधेश प्रदेशबाट महिला केन्द्रीय सदस्यमा बिबि समिना खातुन निर्विरोध निर्वाचित भएका छन् ।

वाग्मती प्रदेशबाट केन्द्रीय सदस्यमा महिलातर्फ बसुन्धरा सापकोटा, गण्डकी प्रदेशबाट खुला केन्द्रीय सदस्यमा चित्र सापकोटा र महिला सदस्यमा नारायणी अधिकारी निर्विरोध निर्वाचित भएका छन्। 

लुम्बिनी प्रदेशबाट खुला केन्द्रीय सदस्यमा कमल खनाल र महिलातर्फ सुनिता काफ्ले निर्वाचित भएका छन् । कर्णाली प्रदेशबाट खुला केन्द्रीय सदस्यमा लक्ष्मिप्रसाद भट्टराई र महिलामा मिराकुमारी मल्ल निर्वाचित भएका छन् । 

सुदूरपश्चिमबाट केन्द्रीय सदस्य खुलामा रतनबहादुर टमटा र महिलातर्फ सत्यदेवी चापागाईं निर्वाचित भएका छन् । यस्तै भारत प्रवास प्रदेश केन्द्रीय सदस्य खुलातर्फ लोकेन्द्रबहादुर सुनार निर्वाचित भएका छन् । 

यस्तै केन्द्रीय सदस्यमा खुला युवा महिलातर्फ निशा श्रेष्ठ, आदिवासी जनजाती युवा महिलामा मञ्जुमाया तामाङ, मधेशी महिलामा अमृताकुमारी देवी, दलित केन्द्रीय सदस्य युवामा हिक्मत विक र थारु महिलामा गीता थनेत निर्विरोध निर्वाचित भएका छन् । 

यी हुन् निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरु

उपाध्यक्ष (महिला) - मानुषी यमि भट्टराई

उपाध्यक्ष (दलित) - दुर्गा सोब

प्रदेशतर्फ

कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- मणि राई 

कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) - तारा बास्तोला दवाडी 

मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) - बिबि समिना खातुन

बागमती प्रदेश केन्द्रीय सदस्य (महिला)- बसुन्धरा साप्कोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- चित्र सापकोटा

गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) - नारायणी अधिकारी

लुम्बिनी प्रदेश  केन्द्रीय सदस्य (खुल्ला)- कमल खनाल

लुम्बिनी प्रदेश  केन्द्रीय सदस्य (महिला) - सुनिता काफ्ले

कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लक्ष्मी प्रसाद भट्टराई

कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) - मिरा कुमारी मल्ल

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- रतनबहादुर टमटा

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) - सत्यदेवी चापागाईं

भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लोकेन्द्रबहादुर सुनार

केन्द्रीय सदस्य - 

खुला युवा महिला - निशा श्रेष्ठ

आदिवासी जनजाती युवा महिला - मन्जु माया तामाङ

मधेशी महिला - अमृता कुमारी देवी

दलित के.स. युवा - हिक्मत वि.क.

थारु महिला - गीता थनेत

कान्तिपुर

Link copied successfully