बाल यौन दुरुपयोगमा मदन राईलाई २ वर्ष ६ महिना जेल सजाय

नैतिक पतन देखिने कसुर गरेको ठहर, पीडितलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने

माघ २५, २०८१

कान्तिपुर संवाददाता

Madan Rai sentenced to 2 years and 6 months in prison for child sexual abuse

काठमाडौँ — कृषि विज्ञ भनेर चिनिएका मदन राईलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष जेल सजाय तोकिएको छ । जिल्ला अदालत खोटाङका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले शुक्रबार राईलाई उक्त सजाय सुनाएको हो ।

अदालतका सूचना अधिकृत सुदिपकुमार भट्टराईका अनुसार इजलासले राईलाई नैतिक पतन देखिने कसुरमा दोषी ठहराएको छ । सूचना अधिकृत भट्टराईका अनुसार राईलाई १लाख जरिवाना तोकिएको छ ।

त्यस्तै उनीबाट पीडितलाई १ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश भएको छ । त्यस्तै राईले पीडित राहत कोषमा समेत ४ हजार रुपैयाँ दाखिला गर्नुपर्ने छ । न्यायाधीश दाहालको इजलासले गत माघ १० गते राईलाई दोषी ठहर गरेको थियो । 

आफैंले सञ्चालन गरेको शुभम फाउन्डेसनमा अध्ययनरत बालिकालाई यौन दुरुपयोग गरेको अभियोगमा २०८० वैशाख २९ गते पक्राउ परेका राईलाई जिल्ला अदालत खोटाङबाट जेठ २२ गते चार लाख रुपैयाँ धरौटी बुझाएर छुटेका थिए । धरौटीमा छुटे पनि फाउन्डेसनमा जान भने राईलाई रोक लगाइएको थियो ।

कान्तिपुर संवाददाता

Link copied successfully