आज देश-दुनियाँमा के-के भयो ?

माघ २०, २०८१

कान्तिपुर संवाददाता

What happened in the country today?

काठमाडौँ — देशभरका अस्पतालमा आवासीय चिकित्सकहरुको प्रदर्शन, छ महिनामा ७ खर्ब ६३ अर्ब रेमिट्यान्स भित्रियो, सेयर कारोबार मापक नेप्से परिसूचक ६९.८०अंकले बढेदेखि क्यानडा, मेक्सिको र चीनले पनि अमेरिकामाथि कर लगाउनेसम्मका खबर आज चर्चामा रहे । 

000

स्वास्थ्यमन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईले गरेको निर्णयका विरुद्धमा आवासीय चिकित्सकहरूले आइतबार देशभरका अस्पतालमा प्रदर्शन गरेका छन् । बिहान ९ बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा बहिष्कार गर्दै चिकित्सकहरू प्रदर्शनमा सहभागी भएका हुन् । 

000

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सात खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा नेपाल भित्रिएको रेमिट्यान्स ४.१ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्स २२.२ प्रतिशतले बढेको थियो । यस वर्षको पुससम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.१ प्रतिशतले बढेर ५ अर्ब ५८ करोड पुगेको छ । 

000

सेयर कारोबार मापक नेप्से परिसूचक ६९.८०अंकले बढेको छ । आज २ दशमलव ६२ प्रतिशतले बढेर २७२७.५८ विन्दुमा बन्द भएको छ । कुल २०२ कम्पनीको सेयर मूल्य बढ्यो भने ३७ कम्पनीको मूल्य घट्यो । आज ३ कम्पनीको मूल्य स्थिर रह्यो । कुल १ लाख ३० हजार ९१३ पटकको सेयर किनबेचबाट १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । 

000

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा उत्पादित सामग्रीमा थप आयात कर लगाउने घोषणा गरेपछि क्यानडा, मेक्सिको चीनले पनि त्यस्तै कर लगाउने लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले यसअघि क्यानडा र मेक्सिकोबाट हुने आयातमा २५ प्रतिशत र चीनबाट हुने आयातमा १० प्रतिशत आयात कर लगाउने घोषणा गरेका थिए ।  

000

नेपालले त्रिकोणात्मक महिला ट्वान्टी–२० क्रिकेट शृंखलामा लगातार तेस्रो पराजय भोगेको छ । नेदरल्यान्ड्सले नेपाललाई आइतबार १५ रनले पराजित गर्यो । १ सय ४१ रनको लक्ष्य लिएर मैदान उत्रिएको नेपालले ८ विकेट गुमाई १ सय २५ रनमात्र बनाउन सक्यो । 

कान्तिपुर

Link copied successfully