६९.८० अंकले बढ्यो नेप्से

माघ २०, २०८१

कान्तिपुर संवाददाता

NEPSE increased by 69.80 points

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक ६९.८०अंकले बढेको छ । आज २ दशमलव ६२ प्रतिशतले बढेर २७२७.५८ विन्दुमा बन्द भएको छ । 

कुल २०२ कम्पनीको सेयर मूल्य बढ्यो भने ३७ कम्पनीको मूल्य घट्यो । आज ३ कम्पनीको मूल्य स्थिर रह्यो । 

कुल १ लाख ३० हजार ९१३ पटकको सेयर किनबेचबाट १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । आज २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच भए । आज सबै उपसमूहहरू बढ्यो ।

कान्तिपुर

Link copied successfully