आज देश-दुनियाँमा के-के भयो ?

पुस २४, २०८१

कान्तिपुर संवाददाता

What happened in the world today?

काठमाडौँ — आज देश-दुनियाँमा सिद्धबाबा सुरुङ ७.८ मिटर मात्र खन्न बाँकी, सहकारी ठगी प्रकरणमा लेखा समिति सभापतिकी श्रीमती अदालतमा उपस्थित र धरौटीमा रिहादेखि अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलोसम्मका खबर चर्चामा रहे । 

000

सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबा सुरुङमार्ग अब ७.८ मिटर मात्र खन्न बाँकी रहेको छ । ‘ब्रेक थ्रु’ का लागि डेढ मिटर खन्न बाँकी राखिने सिद्धबाबा सुरुङ मार्ग योजना कार्यालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ‘ब्रेक थ्रु’ गरिने सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक प्रभातकुमार झाले बताए ।

सिद्धबाबा सुरुङ ७.८ मिटर मात्र खन्न बाँकी

सहकारी ठगीको आरोप लागेकी लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा धरौटी बुझाएर रिहा भएकी छिन् । बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

सहकारी ठगी : लेखा समिति सभापतिकी श्रीमती १० लाख धरौटीमा रिहा

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई अन्तरिम प्रतिवेदन पेश गरेको छ। आयोगका अध्यक्ष रामेश्वरप्रसाद खनालले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयमा  प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषयहरु उल्लेख गरिएको छ।

आर्थिक सुधार सुझाव आयोगले बुझायो अर्थमन्त्रीलाई अन्तरिम प्रतिवेदन

आर्मीले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बुधबार अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित निकालेको छ । आर्मीले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङलाई १२–० ले पराजित गरेको हो । यो जितपछि आर्मीको ७ अंक भएको छ र गोल अन्तरको आधारमा शीर्ष स्थानमा उक्लेको छ । 

एन्फा वुमेन्स लिग : वालिङमाथि आर्मीको एक दर्जन गोल

अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण हजारौं विस्थापित भएका छन् । २ हजार ९ सय एकड क्षेत्रमा फैलिएको डढेलोका कारण दर्जनौं घर तथा सयौ गाडीहरू जलेर नष्ट भएका छन् । अधिकारीहरूले हजारौं घर तथा भवनहरू जोखिममा रहेको जनाएका छन् ।

अमेरिकाको क्यालिफोर्नियामा भीषण डढेलो, हजारौं जोखिममा [तस्बिरहरू]

कान्तिपुर

Link copied successfully