एन्फा वुमेन्स लिग : वालिङमाथि आर्मीको एक दर्जन गोल

पुस २४, २०८१

कान्तिपुर संवाददाता

ANFA Women's League: A dozen goals for Army over Walling

काठमाडौँ — आर्मीले एन्फा वुमेन्स लिगको दोस्रो चरणमा बुधबार अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको जित निकालेको छ । आर्मीले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङलाई १२–० ले पराजित गरेको हो । यो जितपछि आर्मीको ७ अंक भएको छ र गोल अन्तरको आधारमा शीर्ष स्थानमा उक्लेको छ । 

पुलिसको पनि समान ७ अंक छ । त्यसपछि एपीएफको ६ अंक छ । वालिङसँगै वाग्मती अंकविहीन छन् । वालिङ भने गोल अन्तरले पाँच टिममध्ये पुछारमा छ ।

आर्मीका लागि चन्द्र भण्डारी र विमला चौधरीले ह्याट्रिक गरे । चन्द्राले २३, ३१ र ६९ औं मिनेटमा ३ गोल गरिन् । विमलाले भने ३४, ४८, ६० र ८९ औं मिनेटमा ४ गोल गरिन् । त्यसमध्ये उनको चौथो गोल पेनाल्टीबाट सम्भव भएको थियो । यसबाहेक सपना लामाले २५ र ७३ औं मिनेटमा २ गोल गरिन् भने अञ्जला थुलुङ राईले गरेका २ गोल ५६ र ८० औं मिनेटमा रह्यो । विमला विकले ८९ औं मिनेटमा १ गोल गरिन् ।

अब बिहीबार एपीएफ र पुलिसबीच खेल हुनेछ ।

कान्तिपुर

Link copied successfully