तिब्बत भूकम्प : उद्धार र राहतमा हरसम्भव प्रयास गर्न चिनियाँ राष्ट्रपति सीको निर्देशन

पुस २३, २०८१

कान्तिपुर संवाददाता

Tibet Earthquake: Chinese President Xi's instructions to make all possible efforts in rescue and relief

काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन् । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प गएको हो ।

भूकम्प मापनसम्बन्धी चीनको आधिकारिक निकाय चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरका अनुसार स्थानीय समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो । सेन्टरका अनुसार भूकम्पको उद्गम बिन्दु(गहिराइ) १० किलोमिटर रहेको छ ।

चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म ५३ जनाको मृत्यु भएको छ भने ६० भन्दा बढी घाइते भएका छन् । 

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिवसमेत रहेका राष्ट्रपति सी चिनफिङले घाइतेहरूलाई तत्काल उद्धार गरी अस्पताल लैजानसमेत निर्देशन दिएका छन् । सीले भूकम्पपछि विस्थापित भएकाहरूलाई पुन:स्थापना गर्न पनि तत्परता देखाउन निर्देशन दिएका छन् । 

कान्तिपुर संवाददाता

Link copied successfully