भूकम्प गएपछि नागार्जुनमा आत्तिएर हामफाल्दा १ जना घाइते

पुस २३, २०८१

कान्तिपुर संवाददाता

After the earthquake, 1 person was injured in Nagarjuna after jumping out of fear

काठमाडौँ — मंगलबार बिहान गएको भूकम्पबाट देशभर मानवीय क्षति नभएको नेपाल प्रहरीले जनाएको छ। यद्यपि, नागार्जुन नगरपालिकामा एक व्यक्ति अत्तालिएर  डेढतले घरबाट हाम फाल्दा खुट्टामा चोट लागेको छ। ती व्यक्तिको हाल अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, बारामा भूकम्पका कारण आत्तिएर ११ जना विद्यार्थी बेहोस भएका थिए । तर, उनीहरूको अवस्था भने अहिले सामान्य रहेको प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार भूकम्पबाट केही भौतिक क्षति भएको सामान्य विवरण प्राप्त भएको छ ।

प्रहरीका अनुसार सिधुपाल्चोकको एक प्रहरी चौकीको भित्ता  भत्किएको छ । रामेछाप र ओखलढुंगामा १/१ वटा गोठको भित्ता भत्किएको छ । यस्तै सोलुखुम्बुमा ढुगा माटोको दुई घर चर्किएका छन् । नेपाल प्रहरीले भूकम्प प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन कार्य जारी रहेको जानकारी दिएको छ ।

कान्तिपुर

Link copied successfully