काठमाडौंमा भूकम्पको धक्का महसुस

पुस २३, २०८१

कान्तिपुर संवाददाता

Earthquake felt in Kathmandu

काठमाडौँ — काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६ बजेर ५० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।

काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका जिल्लामा समेत धक्का महसुस गरिएको कान्तिपुर संवाददाताले जनाएका छन् ।

यस्तै मधेशका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको छ । मधेश प्रदेशको सिरहासहित सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लामा पनि भुकम्पको धक्का महसुस भएको हो ।

बिहान ७ बजे भूकम्प आएपछि सर्वसाधारण घर बाहिर निस्किएका थिए ।

कान्तिपुर

Link copied successfully