कान्तिपुर न्युज ब्रिफ : आज दिनभर देशमा के - के भयो ?

पुस ४, २०८१

कान्तिपुर संवाददाता

Kantipur News Brief: What happened in the country today?

काठमाडौँ — आज कर्णालीलाई पन्छाउँदै जनकपुर एनपीएलको फाइनलमा पुगेको खबरदेखि पहिरोले क्षति पुर्‍याएको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रको मर्मतको काम तीव्र भएकोसम्मका खबरहरु चर्चामा रहे ।

000

असोज १२ गतेको पहिरोले स्वदेशी लगानीको देशकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्र सञ्चालन गृह पूर्णरुपमा क्षति गरेको थियो । यतिबेला यो जलविद्युत् केन्द्रको मर्मतको काम तीव्र पारिएको छ । पुस १० गतेको समयसीमा राखेर विद्युत् केन्द्रबाट उत्पादन थाल्ने गरी तयारी सुरु गरिएको छ ।

नेपाल प्रिमियर लिग-२०२४ को रोचक खेलमा आज कर्णालीलाई पन्छाउँदै जनकपुर एनपीएलको फाइनलमा पुग्यो । अब एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्सको सामना हुने भएको छ, जनकपुर बोल्ट्ससँग । यि तिनै दुई टिम हुन, जसले लिग चरणको समाप्तिमा शीर्ष दुई स्थान हात पारेको थियो । 

आज सेयर कारोबार मापक नेप्से परिसूचक ३१.४३ अंकले घटेको छ । आज १।१९ प्रतिशतले घटेर २५९६.८२ विन्दुमा बन्द भएको छ । आज कुल २९ कम्पनीको सेयर मूल्य बढ्यो भने २११ कम्पनीको मूल्य घट्यो । ३ कम्पनीको मूल्य स्थिर रह्यो ।

मलेसियामा जारी महिला यू-१९ एसिया कपको ‘सुपर-४’ को नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएपछि एक-एक अंक बाँडेका छन् । आजको खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ गरेको थियो । पहिलो ओभर सकिए लगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द हुन पुगेको हो । नेपालले पहिलो ओभरमै श्रीलंकाको एक विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान एकरएक अंक बाँडेका हुन् ।

कान्तिपुर

Link copied successfully